मोनाको 2-1 बार्सिलोना: गल्तीहरूले बार्सिलोनालाई धक्का दिएको खेल
बार्सिलोना आज बिहान AS मोनाकोसँग 2-1 को पराजय सामना गर्नु पर्यो। यो खेलले बार्सिलोनाका समर्थकहरूको मन दुखाएको छ, जसले पाँच खेलसम्म लगातार जितेको टिमलाई हार्नुपर्यो।
बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले आफ्नो टिमलाई उच्च मनोबलसहित च्याम्पियन्स लिगमा प्रवेश गराएका थिए, तर यो यात्रा मोनाकोमा निराशाजनक अन्त्य भयो। पाँच लिगा खेलमा जित हात पारेर बार्सिलोना यो खेलमा बलियो बनेर आएको भए पनि मोनाकोले अप्रत्याशित रुपमा खेललाई आफ्नो पक्षमा ल्यायो।
१. एरिक गार्सियाको रातो कार्ड: निर्णायक क्षण
खेलको सबैभन्दा ठूलो घटना भनेको एरिक गार्सियाको रातो कार्ड थियो। गार्सियाले खेलको १० औं मिनेटमा गल्ती गर्दै टाकुमी मिनामिनोमाथि फाउल गरेपछि रेफ्रीले उनलाई सीधा रातो कार्ड दिए। यसपछि बार्सिलोना १० खेलाडीमा सिमित हुन पुग्यो, र मोनाकोले यसलाई फाइदा उठाउँदै खेल आफ्नो पक्षमा लियो।
२. मोनाको: बार्सिलोनाका लागि कठिन प्रतिद्वन्द्वी
मोनाको र बार्सिलोनाको सामना यस अघि पनि भएको थियो, जहाँ मोनाकोले जोन गाम्पर ट्रफीमा 3-0 को जित हात पारेको थियो। बार्सिलोनाले पुनः बदला लिन चाह्यो, तर मोनाकोको बलियो प्रेशर र गार्सियाको गल्तीले उनीहरूलाई फेरि धक्का दियो। मोनाकोले यसपटक पनि खेलको परिस्थिति राम्ररी बुझेर जित हासिल गर्यो।
३. यामलको प्रयास: आशाको किरण
यो खेलमा बार्सिलोनाका युवा खेलाडी लामिन यामलले एक मात्र गोल गर्दै टिमलाई केही आशा देखाए। उनको गोलले खेलको गति परिवर्तन गरेको थियो, तर बार्सिलोनाले अन्तत: 71 औं मिनेटमा थकानको कारण अर्को गोल खायो।
४. चोटको चिन्ता
खेलको अन्त्यतिर बार्सिलोनाका मिडफिल्डर मार्क कासाडो घाइते भए। प्रशिक्षक फ्लिकले समर्थकहरूलाई आश्वासन दिए पनि बार्सिलोनाका लागि यो चिन्ताको विषय हो। आगामी खेलहरूको दबाबले टोलीलाई थप चुनौतिहरूसँग सामना गराउन सक्छ।
५. बार्सिलोनाको यथार्थ: विजय यात्रा रोकियो
लगातार पाँच खेलमा जित हासिल गरेको बार्सिलोनाले यो सिजनलाई विजय यात्रा मानिरहेको थियो। प्रशिक्षक फ्लिकले यसअघि भनेका थिए कि बार्सिलोना च्याम्पियन्स लिगको उपाधि जित्न सक्षम छ, तर मोनाकोसँगको हारले बार्सिलोनाका समर्थकहरूलाई यथार्थतिर फर्कायो। आगामी खेलहरूमा बायर्न म्युनिख र म्यानचेस्टर सिटीजस्ता टिमसँग सामना गर्दा उनीहरूले अझै धेरै कठिनाइहरू सामना गर्नुपर्नेछ।