इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले नयाँ सिजनको पहिलो खेलमा नै हारको स्वाद चाखेको छ ।
आइतबार साँझ भएको खेलमा युनाइटेड ब्राइटोनसँग दुई एकले पराजित भयो । नयाँ प्रशिक्षक टेन हागको प्रशिक्षणमा लिगको पहिलो खेल खेलेको युनाइटेडलाई पराजित गर्न पास्कल ग्रोबले दुई गोल गरे । खेलको ३० औं मिनेटमा ब्रोबले गोल गर्दै ब्राइटोनलाई अग्रता दिलाएका थिए ।
त्यसको नौं मिनेटमा ग्रोबले नै गोल गर्दै टिमलाई दुई शुन्यले अगाडी राखे । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको ब्राइटोनविरुद्ध युनाइटेडले ६८ औं मिनेटमा अन्तर कम गरेको थियो । युनाइटेडले आत्मघाती गोल मार्फत अन्तर कम गरेको थियो । ब्राइटोनका लागि एलिस्टेरले आफ्नै पोष्टमा गोल गरे ।
त्यसपछि युनाइटेड खेलमा फर्कन सकेन र पहिलो खेलमा नै पराजित भयो ।
यस्तै अर्को खेलमा लेस्टर सिटीले ब्रेन्टफोर्डसँग दुई दुई गोलको बराबरी खेल्यो ।
लेस्टर सिटीले दुई गोलको अग्रतालाई जोगाउन सकेन । खेलको पहिलो मिनेटमा नै कास्टानेले गा्ेल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । त्यसपछि ४६ अैं मिनेटमा हलले गोल गर्दै खेल दुई शुन्यमा पुर्यायो । तर दोस्रो हाफमा ब्रेन्टफोर्डले खेलमा उत्कष्ट कमब्याक गर्न सफल भयो ।
६२ औं मिनेटमा टोनीले गोल गर्दै खेल दुई एकमा पुर्याए । त्यसपछि ८६ औं मिनेटमा डासिल्भाले गोल गर्दै खेल दुई दुईको बराबरीमा ल्याए ।
बाँकी समयमा दुबै टिमबाट थप गोल हुन सकेन र लेस्टरले बराबरीमा चित्त बुझायो ।