युइएफए नेसन्स लिगमा युक्रेनले पहिलो हार बेहोरेको छ । युक्रेन घरेलु टोली स्कटल्यान्डसाग ३–० ले पराजित भएको हो ।
हाम्पडेन पार्क ग्लास्गोमा बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा लेन्डन डेकेसले दुई तथा जोन म्याक्जिनले एक गोल गरे । सबै तीन गोल दोस्रो हाफमा भएको थियो ।
प्रतिस्पर्धात्मक खेलको ७०औं मिनेटमा जोन म्याक्जिनले गोल गर्दै घरेलु टोली स्कटल्यान्डलाई १–० को अग्रता दिलाए । ८०औं मिनेटमा लेन्डन डेकरले रायन फ्रासेरको पासमा गोल गर्दै स्कटल्यान्डको अग्रता दोब्बर पारे । ८७औं मिनेटमा लेन्डन डेकरले रायन फ्रासेरकै पासमा गोल गर्दै स्कटल्यान्डलाई ३–० को सहज जित दिलाए ।
यस हारसँगै युक्रेनले नेसन्स लिग ‘बी’ ग्रुप १ मा आफ्नो शीर्षता गुमाएको छ । पहिलो हार बेहोरेको युक्रेन ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा झरेको छ ।
युक्रेनलाई हराएको स्कटल्यान्ड चार खेलबाटै ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । आयरल्यान्ड ४ तथा अर्मेनिया ३ अंक जोडेर तेस्रो र चौथो स्थानमा रहेको छ ।