काठमाडौँ — कीर्तिमान ग्रान्ड स्लाम विजेता खेलाडी सेनेरा विलियम्सले टेनिस खेलबाट संन्यास योजना रहेको बताएकी छन् । २३ ग्रान्ड स्लाम विजेता सेनेराले आगामी महिनामा हुने युएस ओपनमा खेलपछि संन्यास लिने योजना रहेको बताएकी छन् ।
भोग म्यागेजिनसँग कुरा गर्दै उनले ‘संन्यास’ शब्द मन नपर्ने भन्दै हाल टेनिसभन्दा अन्य विषय आफ्ना लागि प्राथमिकतामा रहेको बताएकी छन् । उनले आफ्नो इन्स्टाग्राममा ‘काउन्ट डाउन’ सुरु भएको बताएकी छन् ।