इटालियन सिरि ए फुटबलमा युभेन्टसले जीतका साथ सिजनको सुरुआत गरेको छ ।
गयराति भएको खेलमा युभेन्टसले सासुलोमाथि ३–० गोलको जीत दर्ता गरेको हो ।
युभेन्टसले घरेलु मैदानमा २६ औं मिनेटमा अग्रता लिएको थियो ।
एन्जल डि मारिले गोल गरेपछि युभेन्टस अगाडि बढेको थियो ।
४३ औं मिनेटमा डुआन भोलोभीले अग्रता दोब्बर बनाएका थिए ।
पहिलो हाफमा २ गोल गरेको युभेन्टसले दोस्रो हाफमा भने १ गोल मात्रै थप्न सफल भयो ।
५१ औं मिनेटमा भोलोभीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए ।
त्यसपछि थप गोल नभएपछि युभेन्टसले स्पष्ट जीतका साथ ३ अंक जोड्न सफल भयो ।
यस्तै, गयराति नै भएको अर्को खेलमा नापोलीले भेरोनामाथि ५–२ गोल अन्तरले जीत दर्ता गरेको छ ।
१ गोलले पछि परेको नापोलीले अन्ततः ५–२ को जीतका साथ सिजनको सुरुआत गर्न सफल भयो ।
केभिन लसंगाले २९ औं मिनेटमा गोल गर्दै भेरोनलाई अग्रता दिलाएका थिए ।
३७ औं मिनेटमा नापोलीका केभिनले बराबरी गोल गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा भिक्टर ओसिमहनले गोल गरेपछि नापोली २–१ को अवस्थानमा पुगेको थियो ।
४८ औं मिनेटमा थोमस हेनरीले गोल गरेपछि घरेलु मैदानमा भेरोनाले खेल २–२ को बराबरीमा ल्याएको थियो ।
तर, ५५ औं मिनेटमा पोवटर जेलेनेस्कीले गोल गर्दै टिमलाई अगाडि बढाए ।
सेबेस्टयिन लोवट्काले ६५ औं मिनेटमा गोल गर्दै नापोलीलाई ४–२ ले अघि बढाउँदा ७९ औं मिनेटमा माटो पोलिटिनोले गोल गरेपछि अन्ततः ५–२ गोल अन्तरले विजयी भयो ।