• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » सामना र समाज कल्याण त्रिवेणी कपको सेमिफाइनलमा

सामना र समाज कल्याण त्रिवेणी कपको सेमिफाइनलमा

02/01/2023

सामना युथ क्लब तुरतुरे तनहुँ र समाज कल्याण खेलकुद केन्द्र काठमाडौं लमजुङ सदरमुकाम बेशीसहरमा जारी ३०औं त्रिवेणी कप राष्ट्रव्यापी खुला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बेशीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा आइतबार भएको क्वाटरफाइनलमा सामनाले साविक विजेता बुद्ध युया क्लब (बिवाइसी) भोटेओडार लमजुङलाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

सामनाको जितमा पहिलो हाफमा विपिन कँडेलले गरेको गोल नै निर्णाय बन्यो । उनले खेलको १५औं मिनेटमा गोल गर्न सफल भएका थिए । सामनाका मुसा प्लेयर अफ दि म्याच घोषित भए ।

आइतबारै भएको दोस्रो क्वाटरफाइनलमा समाज कल्याण खेलकुद केन्द्रले नखिपोट युवा क्लब ललितपुरलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भयो । निर्धारित समयमा १–१ गोलको बराबरी र अतिरिक्त समयमा थप गोल निस्कन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा समाज कल्याणका एलेक्स, निशान, पुष्कर खड्का, सन्तोष श्रेष्ठले गोल गर्दा सुवास गुरुङको प्रहारलाई नखिपोटका गोलरक्षक वीरेन्द्र सारुले बचाए । नखिपोटका युवराज ढकाल र करणले मात्र गोल गर्न सफल भए । राम शाही र भरत साहको पेनाल्टीलाई समाज कल्याणका नविन सिलवालले विफल पारे ।

त्यसअघि खेलको चौथो मिनेटमा भरत साहको गोलबाट नखिपोटले अग्रता लिएको थियो । तर, नखिपोटले त्यो अग्रतालाई जोगाउन सकेन । छैटौं मिनेटमा अब्दुल्लाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समय हुँदै पेनाल्टीमा लम्बिएको थियो ।

नखिपोटका आशिष सुनार र समाजका अब्दुल्लाह रातो कार्ड खँदै मैदानबाट बाहिरिएपछि दुवै टोली १० खेलाडीमा समेटिन पुग्यो । दुवैले एक अर्कालाई हातपात गरेपछि रेफ्रीले रातो काड देखाएर मैदान बाहिर पठाए ।

यससँगै त्रिवेणी कपको सेमिफाइनल समिकरण पूरा भएको छ । अब सोमबार हुने सेमिफाइनलमा बागमती युवा क्लब र सामना तथा समाज कल्याण र रोड्स रामपुरबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ३ लाख रुपैयाँ, रजतपदक र प्रमाणपत्र पाउनेछन् । सेमिफाइनलमा पराजित दुई टोलीले समान ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई समान १५ हजार रुपैयाँ, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने छ । लमजुङकै सर्वाधिक प्रतिष्ठित त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता कोरोना महामारी अवधिको १ वर्ष बाहेक निरन्तरण संचालन हुँदै आएको छ ।

Share
Tweet

RELATED ARTICLES

  • म्यानचेस्टर सिटीको रोमाञ्चक बराबरी: पुछारको साउथह्याम्प्टनसँग रोकियो, च्याम्पियन्स लिगको बाटो कति कठिन?

    11/05/2025

  • एन्फाको २०२५ क्यालेन्डर: साफ, आइपीएल र मैत्रीपूर्ण खेलहरू, नेपाली फुटबलको भविष्य कस्तो होला?

    10/05/2025

  • पीएसजीको रोमाञ्चक जित: आर्सनललाई हराउँदै च्याम्पियन्स लिग फाइनलमा, ट्रफी कसको हातमा?

    08/05/2025

  • इन्टर मिलानको रोमाञ्चक जित: बार्सिलोनालाई हराउँदै च्याम्पियन्स लिग फाइनलमा, ट्रफी कसको हातमा?

    07/05/2025

  • ट्रेण्ट अलेक्ज्यान्डर-आर्नोल्डको लिभरपुल छोड्ने निर्णय: नयाँ चुनौती खोज्दै, रियल मड्रिडको बाटो कति सहज?

    06/05/2025

  • चेल्सीको शानदार जित: लिभरपुललाई ३-१ ले हरायो, प्रिमियर लिगको च्याम्पियन्स लिग स्थान कसको हातमा?

    05/05/2025

BETTING TIPS

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

  • अस्ट्रेलिया बनाम भारत टी-२० विश्वकप: कोहलीको सामना र रोमाञ्चक भविष्यवाणीहरू

    24/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 13th August 2024)

    13/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.