नेपाल माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा विजयी भएको छ । नेपालले मंगलबार राती भएको खेलमा श्रीलंकालाई ५५–४९ लाई हराएको थियो ।
पहिलो खेलमा नेपाल माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो । दक्षिण एसियाका ४ राष्ट्रको सहभागिता रहने च्याम्पियनसिपमा नेपालले दोस्रो खेल असोज ११ गते श्रीलंकासँग र राउन्ड रोविनको अन्तिम खेल भुटानसँग असोज १२ गते खेल्नेछ । सदिना श्रेष्ठको कप्तानीमा रहेको टोलीको प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् ।