युक्रेनी क्लब साख्तर डोनेस्क र इटालियन क्लब एएस रोमा युरोपा लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
नकआउट प्ले अफ राउन्ड (अन्तिम ३२) को दोस्रो लेगमा साख्तरले सडनडेथमा फ्रान्सेली क्लब रेनेसलाई ५–४ ले पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भएको हो ।
निर्धारित र अतिरिक्त समयमा साख्तर २–१ ले पछि रहेपनि समग्रमा ३–३ गोलको बराबरीपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । टाइब्रेकरमा साख्तरका एगर नाजरिना, जिओर्जी सुडाकोभ र अर्टिम बोन्डोरेन्कोले गोल गरे । भालेरी बन्डर र डानिलो सिकानले गोल गर्न सकेनन् ।
सडन डेथमा युखिन कोनोपलिया र केभिन केस्लेले गोल गरे । रेनेसका डिसाएर डोइ, एमिन गोइरी र फ्लाभेन टेइटले गोल गरे । जेरोमी डोकु र विर्गेर मेलिङले गोल गर्न सकेनन् । सडनडेथमा वार्मड ओमारीले मात्रै गोल गर्दा लेस्लीले गोल गर्न सकेनन् ।
त्यसअघि निर्धारित समयमा कार्ल टोको एकम्वीको गोलबाट रेनेसले ५२औं मिनेटमा अग्रता लिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । १०६औं मिनेटमा इब्राहिम सलाहले गोल गरेपछि रेनेसले २–० को अग्रता लिन सफल भएको थियो ।
११९औं मिनेटमा जेनियल बेलोसिएनले आत्मघाती गोल गरेपछि साख्तरको आशा पलाएको थियो । त्यसपछि साख्तरले टाइब्रेकरमा बाजी मार्न सफल भयो ।
अर्काे खेलमा रोमाले अष्ट्रियन क्लब साल्जवर्गलाई २–० ले तथा समग्रमा २–१ ले पराजित गर्दै अन्तिम १६ मा पुगेको छ । रोमाको जितमा एन्ड्रिय बेलोटी र पाउलो डिबालाले गोल गरे ।
अन्य नतिजा
मिट्जेल्यान्डविरुद्ध स्पोर्टिङ लिस्वन (०–४)
मोनाकोविरुद्ध बायर लिभरकुसन २–३ पेनाल्टी (३–५)
पिएसभी इन्डोभेनविरुद्ध सेभिया (२–०) सेभिया अघिल्लाे चरणमा
नान्टेसविरुद्ध युभेन्ट्स (०–३)
म्यानचेस्टर युनाइटेडविरुद्ध बार्सिलोना (२–१)
युनियन बर्लिनविरुद्ध आयाक्स (३–१)