इंग्लिस प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । लिभरपुलले घरेलु मैदानमा सिटीमाथि १–० को जित निकालेको हो ।
लिभरपुलको जितमा दोस्रो हाफमा मोहम्मद सलाहले गरेको गोल नै निर्णायक बन्यो । उनले ७६औं मिनेटमा गोल गर्न सफल भएका थिए । एनफिल्डमा आइतबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले सिटीसँग दवाव झेलेपनि गोल गर्दै महत्वपूर्ण ३ अंक लिन सफल भयो ।
५३औं मिनेटमा फिल फोडेनले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा सिटी अग्रता लिनबाट चुकेको थियो उक्त गोलको मुभमा एर्लिङ हालान्डले फाविन्होलाई फउल गरेको देखिएको थियो ।
त्यसपछि ७६औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । गोलरक्षक एलिसन बेकरले छिटो गरि दिएको पासलाई नियन्त्रणमा लिदै सलाहले गोल गर्न सफल भएका थिए ।
८६औं मिनेटमा लिभरपुलका योर्गेन क्लोप रातो कार्ड खाँदै टचलाइन छाड्न बाध्य भए । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल विजयी हुन सफल भयो ।
यस जितसँगै लिभरपुल ९ खेलबाट १३ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी छोट्याउने अवसर गुमाउदा दोस्रोमा यथावत रहेको । सिटीको १० खेलबाट २३ अंक छ । समान २३ अंक नै रहेपनि टोटेनहम गोलऋनतरमा तेस्रोमा छ ।