• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » शीर्ष पाँच कान्छा फिफा विश्वकप विजेताहरू

शीर्ष पाँच कान्छा फिफा विश्वकप विजेताहरू

08/11/2022

यो सबैको बाल्यकालको सपना हो कि फिफा विश्वकपमा आफ्नो देशको प्रतिनिधित्व गर्दै लाखौंको संख्यामा रहने दर्शकका अगाडि विश्व रंगमञ्चमा खेल्ने । तर कल्पना गर्नुहोस्, तपाईं साँच्चै जवान हुनुहुन्छ र अझै तपाईं त्यही जवानीमा  खेल्दै र जित्दै हुनुहुन्छ । केहि भाग्यशाली तर निस्सन्देह असाधारण प्रतिभाशाली खेलाडीहरूको लागि यो एक वास्तविकता भयो । विश्वकपको इतिहासमा यस्ता अवसर प्राप्त गर्नेे सबैभन्दा कान्छा खेलाडीहरूलाई नजिकबाट हेरौं।

५) थियरी हेनरी (२० वर्ष)

केलियन एम्बाप्पे घरपरिवारको नाम बन्नु अघि, जिनेदिन जिदान, लिलियन थुराम र कम्पनी हेनरी जस्ता स्टारहरूले भरिएको फ्रान्सेली टोलीमा थिएरी हेनरी थिए । केवल २० वर्षको उमेरमा फ्रान्सले १९९८ विश्वकपकोे उपाधि जितेपछि उनी चर्चामा आए । यद्यपि, हेनरी ब्राजिलविरुद्धको फाइनलमा उपस्थित भएनन्, जहाँ फ्रान्सले ३–० गोलले जितेको थियो । उनले पहिले नै आफ्नो भूमिका खेलि सकेका थिए । छ खेलमा तीन गोल गर्दै उनले आफुलाई सावित गरिसकेका थिए ।  त्यसपछि, हेनरीले अर्को तीन विश्वकपमा फ्रान्सको प्रतिनिधित्व गर्न जारी राखे । सन् २००२, २००६ र २०१०को विश्वकपमा हेनरी फ्रान्सेली टोलीबाट खेलेका थिए ।
२००६ को विश्वकपको समयमा हेनरी टोलीमा सुरुवाती एघार मध्येका  एक थिए । उनले एक्लो स्ट्राइकरको रूपमा खेले र उपविजेता बनेको फ्रान्सका लागि सात खेलमा सात गोल गर्न सफल भए । फाइनलमा एक एकको बराबरी र थपिएको अतिरिक्त समयमा गोल नहुँदा खेल ट्राइब्रेकरमा गएको थियो । ट्राइब्रेकरमा इटालीले ५–३ ले जित्दै उपाधि जितेको थियो ।  हेनरीले फ्रान्सका लागि खेलेको १२३ खेलमा ५१ गोल गरेका छन् । उनले सन् २०१० को विश्वकपपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।

४) केलियन एमबाप्पे (१९ वर्ष)

एमबाप्पेको अचम्मको गति र चंचलतासँग यस्तो लाग्छ कि उनी फुटबल मैदानमा बाइकमा रहेका छन् । सन् २०१८ को विश्वकपको फाइनलमा दोस्रो हाफमा गोल गर्दै १९ वर्षीय केलियन एमबाप्पेले आफूलाई विश्वसामु चिनाएका थिए । एमबाप्पे सन् १९५८ मा पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बने र २० वर्षपछि फ्रान्सलाई उपाधि दिलाए । उनी फ्रान्सका अभियानको सबैभन्दा महत्त्वपूर्ण खेलाडी मध्ये एक थिए। पेरुमाथि १–० को जितमा एमबाप्पेले गरेको एक मात्र स्ट्राइकले १९ वर्षीय खेलाडीलाई आफ्नो देशको प्रमुख प्रतियोगितामा सबैभन्दा कान्छो गोलकर्ता बनायो। जितसँगै फ्रान्स नकआउट चरणमा पुगेको थियो । राउन्ड अफ १६ मा, एमबाप्पेले पाँच मिनेटमा दुई गोल गर्न सफल भए र लियोनल मेस्सीको अर्जेन्टिनालाई ४–३ ले पराजित गर्यो ।
मैदानमा जस्तै १४ वर्षको उमेरबाट फुटबलको इतिहासमा दोस्रो–सबैभन्दा महँगो स्थानान्तरण बन्ने ।उनलाई २०० मिलियन डलर भन्दा धेरै रकम तिर्दै मोनाकोबाट पिएसजीले आफ्नो टोलीमा अनुबन्ध गरेको थियो । यो अनुबन्ध फुटबल इतिहासमा एउटा ऐतिहासिक अनुबन्ध थियो ।

३) ज्युसेप बर्गोमी (१८ वर्ष)

१८ वर्षको कोमल उमेरमा, बर्गोमीलाई १९८२ को विश्व कप टोलीमा इटालियन राष्ट्रिय टोलीका प्रशिक्षक एन्जो बियरजोटद्वारा चयन गरेका थिए । उनले बेन्चमा टूर्नामेंट सुरु गरे र समूह चरणमा ब्राजिल विरुद्ध ३–२ को स्मरणीय जीतमा सोक्रेटिस र सर्जिन्होलाई मार्क गर्न उत्कृष्ट काम गर े। बर्गोमीले सेमिफाइनल र फाइनलमा आफ्नो परिपक्वताका साथ सबैलाई प्रभावित गरे।
उनले सेमिफाइनलमा पोल्याण्डविरुद्ध इटालीलाई क्लिन शिट राख्न मद्दत गरेका थिए । बर्गोमीलाई फाइनलमा २ पटक बालोन डी’ओर विजेता कार्ल–हेन्ज रुम्मेनिग्गेलाई मार्क गर्ने असम्भव काम दिइएको थियो । मार्को टार्डेलीको उत्कृष्ट गोलको लागि बर्गोमीले श्रृजना गरेको पासमा भएको थियो ।  इटाली उक्त खेल ३–१ ले विजयी हुँदै तेस्रो पटक विश्वकपको उपाधि उचालेको थियो ।
बर्गोमी सिनियर टोलीमा परेको एक वर्ष पछि विश्वकप विजेता बनेका थिए ।  चार वर्ष पछि १९८६ मा, बर्गोमीले मेक्सिकोमा भएको विश्वकपमा कप्तानी गरेका थिए र सो विश्वकपमा इटाली तेस्रो बनेको थियो । बर्गोमीले इटालीका लागि ८१ खेल खेल्दै १९९९मा अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिदै बाँकी रहेको करियर इन्टर मिलानबाटै खेले ।  उनले इन्टर मिलानबाट ७५६ खेल खेलका छन् ।  आफ्नो प्रख्यात जुँगा, डरलाग्दो शरीर र परिपक्व व्यक्तित्वले उनले आफूलाई ‘अंकल’ उपनाम कमाए ।

२)रोनाल्डो नाजारियो (१७ वर्ष)

रोनाल्डो लुइस नाजारियो डे लिमा ’द फेनोमेनन’ एक पुस्ताको प्रतिभा थियो । यदि उनको गम्भीर घुँडाको चोटहरूको सूची नबनेको भए उनी सम्भवतः फुटबल खेल्ने सबैभन्दा महान् खेलाडीको रूपमा चिनिन्थे । सन् १९९४ मा १७ वर्षीय रोनाल्डो संयुक्त राज्य अमेरिकामा भएको विश्वकप विजेता ब्राजिल टोलीको हिस्सा थिए। यद्यपि, उनी बेन्चमा मात्र पुगे र एक मिनेट पनि खेलेनन् ।
रोनाल्डोले सन् १९९४ देखि १९९९ सम्ममा १३४ खेलबाट ११५ गोल गरेका छन् । उनले बार्सिलोनाबाट ३४ खेलमा ३७ गोलर पीएसभीबाट ४२ खेलमा ४६ गोल गरेका थिए । उनले २३ वर्षको उमेरमा नै क्लव र राष्ट्रका लागि २०० भन्दा धेरै गोल गरेका थिए ।
१९९८ विश्वकपमा फाइनल पुगेको स्टारले भरिएको ब्राजिलीयन टोलीका प्रमुख सदस्यहरू मध्ये एक थिए । खेल हुनुभन्दा केही घण्टाअघि पनि उनी फिट भएका बेलामा आक्रामक फुटबल खेलेका थिए । सन् २००० मा उनले आफ्नो दाहिने घुँडाको क्रुसिएट लिगामेन्ट फुटाए र ब्राजिलका सम्पूण अभियान गुमाए । २००२ को विश्वकप फाइनलमा, उनले ब्राजिललाई विश्वकप जिताउन जर्मनीविरुद्ध दुई गोल गरेका थिए ।
घुँडाको चोटका बावजुद रोनाल्डोले एक सभ्य फुटबल करियर भन्दा बढि काम गर्न सफल रहे । उनले पछि लस ब्लान्कोसका लागि पनि खेले । उनले रियल मड्रिडका लागि १२७ खेलमा ८३ गोल गरेका छन् ।

१) पेले (१७ वर्ष)

पेले विश्व फुटबलको इतिहासमा सबैभन्दा चर्चित र सम्भवतः २० औं शताब्दीको सबैभन्दा ठूलो आक्रमणकारी खेलाडी हुन ्। सन् १९५८ मा स्वीडेनको सोल्नास्थित रसुन्डा स्टेडियममा भएको फाइनलमा ब्राजिलले स्वीडेनलाई ५–२ ले हराउँदा ब्राजिलका लिजेण्ड १७ वर्ष २४९ दिनका थिए । पेलेले दुई गोल गर्दै ब्राजिललाई  पहिलो पटक विश्वकप जिताए । १७ वर्षीय पेले विजयपछि आफ्नो टोलीका साथीहरूको काखमा रोइरहेको छवि अझै धेरै कोठाहरूमा पोस्टर छ।

घुँडाको चोटसँग संघर्ष गर्दा पनि तत्कालीन प्रशिक्षक भिसेन्टे इटालो फिओलाले १७ वर्षीय खेलाडीलाई विश्वकपका लागि छनोट गरेका थिए । प्रतियोगिताको प्रारम्भिक चरणमा बाहिर हुँदा, उनको समग्र प्रदर्शन प्रभावशाली भन्दा बढी थियो । भिसेन्टेले उसलाई रासिया तत्कालिन सोभियत संघविरुद्धको कार्यमा सहज बनायो, र ब्राजिलको २–० को जितमा पेलेले भुमिका महत्वपूर्ण रह्यो । पछि क्वाटरफाइनलमा  वेल्स विरुद्धको जितमा गोल गर्दै उनी विश्वकपमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बने । सेमिफाइनलमा फ्रान्सलाई ५–२ ले पराजित गर्दै ब्राजिल विश्वकपको इतिहासमा सबैभन्दा कम उमेरमा ह्याट्रिक गर्ने पेले बने । उनले सन् १९६२ मा चिलीमा भएको विश्वकप पनि जितेका थिए । त्यसको आठ वर्षपछि सन् १९७०मा मेक्सिकोमा भएको विश्वकपको उपाधि  तेस्रो पटक जित्दै तीन विश्वकप जित्ने विश्वको एक मात्र खेलाडी बने ।

Share
Tweet

RELATED ARTICLES

  • विश्वविजेता टोलीलाई अर्जेन्टिनामा भव्य स्वागत

    21/12/2022

  • पिएसजी पुगेलगत्तै विश्व च्याम्पियन बनेका स्टारहरु

    21/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

  • मेस्सी – फुटबल कर्मले सर्वमान्य महान

    19/12/2022

  • मेस्सी विश्वकपकै सर्वोत्कृष्ट

    19/12/2022

  • एमबाप्पेलाई विश्वकपको गोल्डेन बुट

    19/12/2022

BETTING TIPS

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

  • अस्ट्रेलिया बनाम भारत टी-२० विश्वकप: कोहलीको सामना र रोमाञ्चक भविष्यवाणीहरू

    24/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 13th August 2024)

    13/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.