ब्राजिली युवा विंगर भिनिसियस जुनियरको उच्च प्रदर्शनमा उच्च प्रदर्शनमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकाल्दै आफ्नो शीर्षतालाई थप मजवुत बनाएको छ ।
घरेलु मैदानमा रियलले सेभियामाथि ३–१ को सहज जित आत्मसात गर्दै आफ्नो शीर्षतालाई थप मजवुत बनाएको हो । सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा रियलको जितमा लुका मोड्रिच, लुकास भास्क्वेज र फेडे भाल्भेर्डेले गोल गरे । भिनिसियसले दुई गोलको लागि असिस्ट दिए । सेभियाका एरिक लमेलाले एक गोल फर्काए ।
खेलको पाँचौ मिनेटमा नै लुका मोड्रिचको गोलबाट रियलले सुरुवाती अग्रता लिएको थियो । गुडेल्जले नियन्त्रणमा लिन नसकेको बललाई भिनिसियसले अघि बढाउँदै दिएको क्रसलाइै अनमार्क रहेका मोड्रिचले सहजै गाल गर्न सफल भए ।
५४औं मिनेटमा एरिक लमेलाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । गोन्जालो मोन्टिएलको पासमा एरिक लमेलाको प्रहार फितलो प्रहार रियलका गोलरक्षक थिवाउट कोर्टुवालाई लाग्दै गोलमा परिणत भएको थियो ।
त्यसपछि लुकास भास्क्वेजले मैदान प्रवेश गरेको दोस्रो मिनेटमा गोल गर्दै रियललाई २–१ ले अघि बढाए । ७७औं मिनेटमा ड्यानी कार्भाजलको स्थानमा मैदान छिरेका भास्क्वेजले मार्काे एसेन्सियो हुँदै भिनिसियस जुनियरले आँफै गोल गर्न सक्ने अवस्थामा पनि दिएको पासलाई भास्क्वेजले सहज फिनिस गरे ।
८१औं मिनेटमा फेडे भाल्भेर्डेले एसेन्सियोको पासमा आफ्नो ट्रेडमार्क गोल (पेनाल्टी बक्स बाहिर) बाट गर्दै रियललाई ३–१ को सानदार जित दिलाए ।
यस जितसँगै रियलले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ । रियलको ११ खेलबाट ३१ अंक पुगेको छ । एक खेल कम खेलेको बार्सिलोनाको २५ अंक छ । पराजित सेभिया १० अंक जोडेर १४औं स्थनमा छ ।