वेस्टइन्डिजविरुद्धको तेस्रो एक दिवसीय सिरिजमा भारत ११९ रनले विजयी भएको छ। जीतसँगै सिरिज नै भारतले क्लिनस्वीप गरेको छ। डिएल नियम अनुसार भारत विजयी भएको हो।
वेस्टइन्डिजले ३५ ओभरमा २५७ रनको लक्ष्य पाएको थियो। तर २६ ओभरमा १३७ रनमा समेटिएपछि भारत ११९ रनले विजयी भयो। भारतलाई जिताउन युजवेन्द्र चहलले सर्वाधिक ४ विकेट लिए।
पहिला ब्याटिङ गरेको भारतले ३६ ओभरमा ३ विकेट गुमाएर २२५ रन बनाएको थियो। भारतका लागि शुभमन गिलले ९८ रनको नटआउट पारि खेले। उनको शतकमा बर्षा बाधक बनेको थियो।
शिखर धवनले ५८ तथा श्रीयस अय्यरले ४४ रनको योगदान गरे। हेडन वाल्सले २ विकेट लिए। जवाफमा बेन्डन किंग्स र निकोलस पुरनले समान ४२–४२ रन बनाउँदा अरुको प्रदर्शन सम्झन लायक रहेन। चहलले ४ विकेट लिँदा मोहम्मद सिराज र सार्दुल ठाकुरले दुई दुई विकेट लिए।
यो जीतपछि भारतले एक दिवसीय सिरिजमा वेस्टइन्डिजकै घरेलु मैदानमा क्लिनस्वीप गरेको पहिलो पटक हो। यी दुई देश ३९ वर्षदेखि एकआपसमा एक दिवसीय क्रिकेट खेलिरहेका छन्।