• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » विश्वकप २०२२: बेलिङ्घम, गाक्पो, फर्नान्डेज र अन्य ब्रेकआउट स्टार

विश्वकप २०२२: बेलिङ्घम, गाक्पो, फर्नान्डेज र अन्य ब्रेकआउट स्टार

17/12/2022

एक गतिशील युवा मिडफिल्डरले मोरक्कोलाई सेमिफाइनलमा पुगेर विश्व कप इतिहास बनाउन मद्दत गरे। त्यस्तै अन्तिम चारमा पुग्ने क्रममा मास्क लगाएका २० वर्षीय पुरुषले क्रोएसियालाई रक्षापंक्तिमा ढाडस दिएका थिए ।

आइतवार फ्रान्ससँगको फाइनल खेलपछि नयाँ अर्जेन्टिनाले ट्रफी हात पार्न सक्छ । एक अंग्रेजी किशोरको स्टक बढ्दै गयो। र एक डचवासी र एक पोर्चुगिज, दुबै आफ्नो उमेरको २० बसन्तको शुरुवातमा रहेका उनीहरुले फरक फरक ट्रेबल प्रहार गरे ।

बीबीसी स्पोर्टले कतारमा आफ्नो प्रदर्शनबाट प्रभावित छ जना खेलाडीहरूको मूल्याङ्कन गरेको छ।

कोडी गाक्पो (नेदरल्याण्ड)

विङ्गर कोडी गाक्पो विश्वकपमा आफ्नो पहिलो तीन खेलमा गोल गर्ने पहिलो नेदरल्याण्ड्स खेलाडी बने । ६ फिट ४ इन्च भएका २३ वर्षीय एथलिटक यस सिजनमा पीएसभिका लागि २४ खेलमा १७ गोल गर्दा १७ गोललाई असिस्टहरू प्रदान गरेका छन् । उनले आफुमा अन्तर्राष्ट्रिय मञ्चको ध्यान केन्द्रित गर्न सफल भएका छन् ।

‘कोडीसँग स्टार बन्नको लागि आवश्यक सबै कुरा छ’,नेदरल्याण्ड्सका प्रशिक्षक लुइस भान गालले भनेका छन् जसले क्वाटरफाइनलमा अर्जेन्टिनासँग पराजय ब्यहोर्दै विश्वकपबाट बाहिरिएपछि राजीनामा दिएका थिए।

डच कप्तान भर्जिल भ्यान डाइकले भने कि गाक्पो जो म्यानचेस्टर युनाइटेडमा सर्नेसँग जोडिएको छ र उनको मुल्य बड्नेछ ।

एन्जो फर्नान्डेज (अर्जेन्टिना)

मिडफिल्डर एन्जो फर्नान्डेजले विश्वकप अघि अर्जेन्टिनाका लागि खेल सुरु गरेका थिएनन् ।  तर उनी जादुगर लियोनल मेस्सीको नेतृत्वमा फाइनलमा पुग्ने टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

पहिलो खेलमा साउदी अरेबियासँग स्तब्ध भएपछि महत्वपूर्ण मानिएको समुहको दोस्रो खेलमा मेक्सिकोलाई पराजित गर्नमा उनको गोलले महत्वपूर्ण भुमिका रहेको थियो । सेमिफाइनलमा क्रोएसिया माथिको जितमा, कुनै पनि खेलाडीले फर्नान्डेजभन्दा बढी ट्याकल (चार) बनाउन सकेनन् , जबकि उनको ६२ पास मेस्सीसँगै अर्जेन्टिनाको लागि संयुक्तरुपमा उच्च थियो।

पोर्चुगिज क्लव बेन्फिकाले ६ महिनाअघि ८.६ मिलियन पाउण्डको प्रारम्भिक शुल्कमा सम्झौता गरेको फर्नान्डेजसँग १०३ मिलियन पाउण्डको रिलिज क्लज राखेको छ । लिभरपुलले उनीमाथि आँखा लगाएको छ ।

एजेदिन ओनाही (मोरक्को)

हे भगवान,यो केटा कँहाबाट आयो? म यो आठ नम्बरको खेलाडीबाट छक्क परे । ’ स्पेनका कोच लुइस इन्रीकेले भने ।

मोरक्कोका मिडफिल्डर एजेडिन ओनाही विश्वकपअघि अपरिचित थिए। स्पेनका कोचलाई पक्कै पनि थाहा थिएन कि उनी को हुन् । अब उनले ओनाहीको नाम बिर्सने छैनन् ।

सेमिफाइनलमा अफ्रिकी पक्षको ऐतिहासिक दौडमा २२ वर्षीय खेलाडीले महत्वपूर्ण भूमिका खेलेका थिए । जसको गोल र खेलले लुइस एनरिकको स्पेनलाई अन्तिम १६बाट नै विश्वकपबाट बाहिर पुर्यायो । जसको परिणामले प्रशिक्षकलाई बहिरगमनलाई प्रेरित र्गयो ।

उनले २०१० को विश्व च्याम्पियनविरुद्ध १४.७  किलोमिटर दौड पुरा गरे जुन अन्य खेलाडीहरू भन्दा बढी थियो । जबकि कुनै पनि टोली साथीले पोर्चुगललाई क्वार्टर फाइनलमा पराजित गर्दा धेरै ड्रिबलहरू (तीन) र  सात पटक विपक्षीबाट बल जित्न सफल भए ।

ओनाही फ्रान्सेली शीर्ष लीगको पुछारमा रहेको एन्जर्सका लागि खेल्छन् । तर अब उनी लामो समयका लागि स्पेनिस क्लव बार्सिलोना जान सक्छन् । बार्सिलोनाले जनवरीको ट्रान्सफरका लागि उनीमाथि बिचार गर्दै गरेको छ ।

मिडफिल्ड पार्टनर सोफ्यान अम्राबातलाई उल्लेख गर्नै पर्छ जो प्रभावशाली पनि छन् र २६ वर्षीय फियोरेन्टिना पनि अर्का रहेका छन् जसको पनि सम्भावना रहेको छ ।

जोस्को ग्वार्डियोल (क्रोएसिया)

ग्वार्डियोल यस विश्वकपमा ब्याटम्यान जस्तो देखिएका थिए । आफ्नो क्लव आरबी लाइपजिगका लागि खेल्दा नाक भाँचिएका कारणले यस विश्वकपमा माक्स लगाएर मैदानमा देखिएका हुन् ।
क्रोएसियाको डिफेन्समा यी २०वर्षीय खेलाडीको सुपरहीरो प्रदर्शनले सेमिफाइनल सम्मको यात्रामा मद्दत गरेको थियो । सेमिफाइनलमा क्रोएसिया अर्जेन्टिनासँग ३–० गोलले पराजित हुँदै फाइनमा स्थान बनाउन सकेन् ।

ग्वार्डियोल एक आक्रामक र तेज सेन्टर ब्याक हुन् । क्रिस्प पासिंग खेलको साथ बलमा सुरुचिपूर्ण रहेको बीबीसी रेडियो ५ को लाइभ पण्डित प्याट नेभिनले उनलाई रोल्स रोयस डिफेन्डर को रूपमा वर्णन गर्न गरेका थिए ।

उनी धेरैजसो खेलहरूमा उत्कृष्ट थिए, क्रोएसियाले खेल्ने तरिकाले गर्दा उसले धेरै डिफेन्डिङ र काम गर्नुर्पयो इङ्गल्याण्डका पूर्व स्ट्राइकर एलन शियररले थपे ।

उनी क्रोएसियाको रक्षापंक्तिमा खडा थिए ,बलमा साहसी र ट्याकलमा बलियो छन्  तर अर्जेन्टिनासँग ३–० ले सेमिफाइनलमा पराजित हुँदा पनि मेस्सीले उनलाई भित्र पार्दै बल निकाले ।

यद्यपि, युरोपका उत्कृष्ट क्लव म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड र बायर्न म्युनिख सबैले उनलाई ७० मिलियन पाउण्डमा आवद्द गर्न खोजेको बुझिएको छ ।

जुड बेलिङ्घम (इंग्ल्याण्ड)

‘मलाई लाग्छ ऊ विश्वको उत्कृष्ट मिडफिल्डर हुनेछ । यो विश्वकपको समयमा इङ्ल्यान्ड टोलीका साथी फिल फोडेनले जुड बेलिङ्घमको मूल्याङ्कन गर्दै भनेका थिए ।
तपाईले बिर्सन सक्नुहुन्छ, तर अहिले १९ वर्षीय युवा अवस्थामा रहेको  बेलिङ्घम अविश्वसनीय रहेका छन् उनले थपे ।

फ्रान्स विरुद्धको पेनाल्टी मिस भएपछि ह्यारी केनलाई दौडेर कप्तानलाई आफ्नो वरिपरि हात राखेर सान्त्वना दिएको क्षणले उनको परिपक्वतालाई देखाँउछ । यसले  भविष्यमा थ्री लायन्स आर्मब्यान्ड लिने संकेत गर्दछ ।

इरानलाई ६–२ ले पराजित गर्दै बोरुसिया डर्टमन्ड मिडफिल्डर सन् १९९८ मा माइकल ओवेनपछि विश्वकपमा इङ्ल्यान्डका दोस्रो कान्छो गोलकर्ता बनेका थिए । तर उनको स्टार प्रदर्शन अन्तिम १६ मा सेनेगलमाथि जितमा निकाल्यो । समे प्रर्दशनका कारण १९६६ पछि विश्वकपको नकआउट चरणको खेलमा सहयोग गर्ने उनी पहिलो किशोर बन्न पुगे।

इङ्गल्याण्ड जारी विश्वकपमा क्वाटरफाइनलबाटै बाहिरियो । तर बेलिङ्घमको प्रदर्शनले युरोपेली च्याम्पियन रियल म्याड्रिड र लिभरपुलको चासो जगाएको छ।

गोन्कालो रामोस (पोर्चुगल)

विश्वव्यापी मञ्चमा आफूलाई घोषणा गर्ने कस्तो तरिका?

गोन्कालो रामोसले क्रिष्टियानो रोनाल्डोको स्थानमा पोर्चुगलको सुरुआती लाइनअपमा आउनु अपरिहार्य काम थियो, जसलाई स्विट्जरल्याण्डसँगको अन्तिम १६ को खेलमा बेन्चमा छाडिएको थियो। तर २१ वर्षीय यी खेलाडीले शानदार प्रदर्शन गरे । ह्याट्रिक गर्दै आफ्नो पहिलो विश्वकपको सुरुवातमा सहयोग गरे  र म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड भन्दा नकआउट चरणका खेलहरूमा धेरै गोल गरिसकेका थिए ।

रामोस सन् १९६६ पछि ग्रेट युसेबियो पछि विश्वकपको नकआउट खेलमा ह्याट्रिक गर्ने पोर्चुगलको पहिलो खेलाडी बने । अब यी युवा खेलाडीले बेन्फिकामा पोर्चुगल लिजेन्डको ४७३ गोलको कीर्तिमान पछ्याउन आवश्यक छ।

 

Share
Tweet

RELATED ARTICLES

  • विश्वविजेता टोलीलाई अर्जेन्टिनामा भव्य स्वागत

    21/12/2022

  • पिएसजी पुगेलगत्तै विश्व च्याम्पियन बनेका स्टारहरु

    21/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

  • मेस्सी – फुटबल कर्मले सर्वमान्य महान

    19/12/2022

  • मेस्सी विश्वकपकै सर्वोत्कृष्ट

    19/12/2022

  • एमबाप्पेलाई विश्वकपको गोल्डेन बुट

    19/12/2022

BETTING TIPS

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

  • अस्ट्रेलिया बनाम भारत टी-२० विश्वकप: कोहलीको सामना र रोमाञ्चक भविष्यवाणीहरू

    24/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 13th August 2024)

    13/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.