विश्वकपमा दक्षिण अफ्रिकाको विजयी सुरुआत: श्रीलंकालाई ६ विकेटले पराजित
आइसिसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले विजयी सुरुआत गरेको छ। सोमबार सम्पन्न खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको हो।
श्रीलंकाले दिएको ७८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा चार विकेट गुमाउँदै ८० रन बनायो। दक्षिण अफ्रिकाका क्विन्टन डि ककले सर्वाधिक २० रन बनाए। २७ बल खेलेका उनले एक छक्का प्रहार गरे। ट्रिस्टन स्टब १३ र एडम मारक्रम १२ रनमा आउट हुँदा हाइनरिक क्लासन १९ र डेविड मिलर ६ रनमा अविजित रहे। श्रीलंकाका वानिदु हसरंगाले सर्वाधिक दुई विकेट लिए। नुवान तुषारा र दसून शानकाले समान एक विकेट लिए।
त्यसअघि नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, न्यूयोर्कमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनायो। श्रीलंकाका कुसल मेन्डिसले सर्वाधिक १९ रन बनाए। ३० बल खेलेका उनले एक चौका प्रहार गरे। एन्जलो मैथ्यूज १६ र कामिन्डु मेन्डिस ११ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।
दक्षिण अफ्रिकाका अनरिख नार्खिएले सर्वाधिक चार विकेट लिए। चार ओभर बलिङ गरेक उनले सात रन खर्चिए। केशव महाराज र कागिसो रबाडाले समान दुई विकेट लिँदा एन्रिच बार्टम्यानको नाममा एक विकेट रह्यो।
क्रिकेट, फुटबल, खेलकुद, र सट्टेबाजीमा रुचि राख्ने नेपाली दर्शकहरूले यो खेललाई नजिकबाट नियालेका छन्। खेलप्रेमीहरूको लागि यो उत्साहजनक खबर हो। जुवा, क्रिकेट, र खेलकुद सम्बन्धी थप जानकारीका लागि sartplay.com, sart88.com, र sart-news.com जस्ता साइटहरूमा जानुहोस्।
दक्षिण अफ्रिकाको यो विजयले विश्वकपमा बलियो सुरुवात गरेको छ, जसले अन्य टोलीहरूलाई चुनौती दिन सक्छ। नेपाली क्रिकेट समर्थकहरूलाई पनि यस खेलले प्रेरणा दिनेछ र खेलप्रतिको रुचि अझै बढाउनेछ।