पोर्चुगिज भेट्रान स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोले तत्कालै सन्यास लिने कुनै मनस्थिति नबनाएको र सन् २०२४ को युरोकपसम्म खेल्ने लक्ष्यमा रहेको बताएका छन् ।
मंगलबार राति क्विनास डे ओरो (सर्वाधिक गोलकर्ता) को अवार्ड (ट्रफी) पाएपछि उनले आँफु अझैपनि केही वर्ष खेल्न लक्ष्यमा रहेको बताएका छन् ।
रोनाल्डोले पोर्चुगलको लागि १८९ खेलमा ११७ गोल गर्दै विश्व फुटबलमै सर्वाधिक गोलकर्ता बनेका छन् । उनले गत वर्ष इरानका अली दाईको कीर्तिमान तोड्दै सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका थिए ।
अवार्ड समारोहमा नै ३७ वर्षीय रोनाल्डोले आफ्नो उपलब्धिलाई मान्यता दिएकोमा खुसी व्यक्त गरेका छन् । ‘अवार्ड पाउँदा मलाई गर्व छ । “मैले कहिल्यै सोचेकी थिइन कि म यो हासिल गर्न सक्छु । यो लामो बाटो भएको छ तर म भन्न चाहन्छु कि मेरो यात्रा अझै सकिएको छैन । क्रिस्टियानो अझै बाँकी छ ।’ रोनाल्डो भने । यो सिजन रोनाल्डोले भने इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा सोचेअनुरुपको खेल पस्कन सकेको छैन । उनले यो सिजन ८ खेलमा केवल १ गोल गरेका छन् ।
‘म विश्व कपको लक्ष्यमा छु, टोली (पोर्चुगल) बाट यही नोभेम्वर र डिसेम्वरमा कतारमा हुने फिफा विश्वकप कतारको उपाधि जित्ने लक्ष्य छ । सँगै सन् २०२४ को युरोपियन च्याम्पियनसिप खेल्ने योजना छ ।’ ३७ वर्षे रोनाल्डोले भने, ‘म अझै केही वर्ष खेल्ने आशा राख्दछु । म उत्प्रेरित महसुस गर्छु, मसँग महत्वाकांक्षा छ । म युवाहरूको टोलीमा छु र म विश्वकपमा हुन चाहन्छु, र अर्को युरोपियन च्याम्पियनसिप २०२४ मा पनि टोलीमै रहन चहान्छु ।’ रोनाल्डो भने ।
पाँच पटकको बालोन डी’ओर विजेता रोनाल्डोले पहिले नै ४० वर्षको उमेरसम्म खेल्न सकेने बताइसकेका थिए । रोनाल्डोकै नेतृत्वमा पोर्चुगलले यो साता युइएफए नेसन्स लिगमा चेक गणतन्त्र र स्पेनसँग खेल्दैछ ।