चार पटकको च्याम्पियन जर्मनीले कतारमा नोभम्बर २० बाट सुरु हुने फिफा विश्वकप फुटबलका लागि टोलीको घोषणा गरेको छ ।

जर्मनीका मुख्य प्रशिक्षक हान्सी फ्लिकले बिहिबार कतार विश्वकपका २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।
जर्मनी टोलीमा बोरुसिया डर्टमण्डका युसोउफा मोउकोको र वेर्डर ब्रेमेनका निकलस फुल्करग पहिलो पटक परेका छन् ।
जर्मनीका अनुभवी डिफेण्डर माट ह्युमल्स भने यसपटकको विश्वकप खेल्ने दखिनेछैनन् । उता फरवार्ड टिमो वेर्नर चोटका कारणयसअघि नै विश्वकपबाट बाहिरिसकेका छन् ।
गोलकिपर मानुएल निउर, मिडफिल्डर जोसुआ किम्मीच र फरवार्ड थोमस मुलर टिममा सबैभन्दा अनुभवी खेलाडीको रुपमा छन् । यस्तै२०१४ को विश्वकप फाइनलमा गोल गरेका मारियो गोट्चा र इल्के गुन्डागोन पनि टोलीमा रहेका छन् ।
विश्वकपमा जर्मनी समूह ‘ई’ मा छ । जर्मनीले नोभेम्बर २३ मा जापानसँग खेल्दै विश्वकप सुरु गर्नेछ ।
जर्मनी टोली
गोलकिपरः मानुएल नोए, मार्क आन्द्रे टेर स्टेगन, केभिन ट्रयाप
डिफेण्डरः अर्मल बेल्ला कोटच्याप, माथिएस जिन्टर, क्रिस्टियन गुन्टर, थिलो केहरर, लुकास क्लोस्टरम्यान, डेभिड राउम, एन्टोनिओरुडिगर, निको स्लोटरबेक, निकलस सुले
मिडफिल्डर र फरवार्डः करिम आडेयेमी, युलियन ब्रान्ड्ट, निकलस फुल्करग, सर्जी जिनाब्री, लिओन गोरेट्ज्का, मारियो गोट्चा, इल्केगुन्डोगान, काऐ हाभार्ट, जोनास होफम्यान, जोसुआ किम्मिच, युसुउफा मोउकोको, जमल मुसिएला, थोमस मुलर, लेरोय साने



















