वाइ वाइले ल्यायो क्रिकेट स्पेसल प्याकेट: नेपाली क्रिकेटप्रेमीहरूको मन जित्न तयार
टी–२० क्रिकेट टोलीलाई प्रोत्साहन स्वरुप सीजी फुड्स नेपाल लिमिटेडले ‘वाई वाई क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा सीजीले नेपाल दोस्रो पटक आइसीसी पुरुष टी–२० विश्वकपमा सहभागी हुन सफल भएकोमा नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन गर्नको लागि उक्त प्याकेट बजारमा ल्याएको जानकारी दिइयो।
टी–२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाइरहेका नेपाली दर्शकहरूका लागि वाइ वाइको नयाँ प्याकेट विशेष हुने अपेक्षासहित बजारमा ल्याइएको कम्पनीले जनाएको छ। पत्रकार सम्मेलनमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, र सीजी फुड्सका सिइओ प्रदिप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
क्यानका सचिव खड्काले प्राप्त रकमलाई क्रिकेटकै कामको लागि प्रयोग गर्ने भनेर बोर्डबाट नै घोषणा गर्ने बताए। उनले भने, ‘जतिपनि रकम प्राप्त हुन्छ, त्यसलाई क्रिकेटकै कामको लागि प्रयोग गर्नेछौं। वाइ वाइले घोषणा गरेको रकम सम्पूर्ण नेपाली क्रिकेट टिममा नै आउनेछ। टिमको हौसला बढाउनुपर्छ भनेर पनि सम्झौता गरिएको हो।’
क्यान निरन्तर क्रिकेट सुधारका लागि लागि परेको खड्काले बताए। वाइ वाइले लामो समयदेखि पुरुष यू–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको छ र महिला यू–१९ टिमलाई समेत प्रायोजन वापत रू. ३० लाख तथा अन्य क्रिकेट गतिविधि संचालनका लागि रू. ३० लाख गरि जम्मा रू. ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्ने जनाएको छ।
यसअघि वाइ वाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरुप सुपर–८ मा पुग्न सफल भएमा रु ३० लाख तथा मनोवल उच्च बनाउने उद्देश्यले प्रत्येक रन बापत रु. १ हजार, प्रत्येक चौका बापत रु. ८ हजार, प्रत्येक छक्का बापत रु. १२ हजार, प्रत्येक विकेट बापत रु. १५ हजार, प्रत्येक अर्धशतक बापत रु. ५० हजार, प्रत्येक शतक बापत रु. १ लाख, र नेपाली टिमको प्रत्येक जितमा रु. १ लाख ५० हजार नगद उपलब्ध गराउने घोषणा गरिसकेको छ।
यसरी, वाइ वाइको नयाँ प्रयासले नेपाली खेलकुदप्रेमीहरूको मन जित्न सफल हुने अपेक्षा गरिएको छ। खेलकुद र सट्टेबाजी सम्बन्धी थप जानकारीका लागि sartplay.com, sart88.com, र sart-news.com मा भ्रमण गर्नुहोस्।