हार्भी इलिटको निर्णायक गोलमा लिभरपुलले मंगलबार उल्भ्सलाई १–० ले पराजित गर्दै एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । खराब समयबाट गुज्रिरहेको योर्गन क्लोपको लिभरपुलका लागि यो जित राहतका रूपमा आएको छ ।
इंग्लिस प्रिमियर लिगमा ब्राइटन र ब्रेन्टफोर्डसँग लगातार दुई खेल गुमाएपछि क्लोप र टिमको चर्को आलोचना सुरु भएको थियो । इलिटले भने पहिलो हाफमा लामो दूरीबाट निकै आकर्षक गोल गरे । अब चौथो चरणमा लिभरपुलले ब्राइटनकै सामना गर्नेछ ।
अन्य तेस्रो चरणका खेलमा बर्मिङ्घमले फरेस्ट ग्रिनलाई २–१, ब्रिस्टल सिटीले स्वान्सीलाई २–१, लुटन टाउनले विगनलाई २–१ ले वेस्ट ब्रुमले चेस्टरफिल्डलाई ४–० ले हरायो ।