लमजुङ फुटबल क्लब (एफसी) ले प्रथम राईनास सेवा समाज खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
गोंगबुस्थित मनाङ मर्स्याङ्दी फुटसलमा शनिबार भएको फाइनलमा ढुकु फुटसललाई ३–१ ले पराजित गर्दै लमजुङ एफसीले उपाधि जित्न सफल भएको हो ।
उपाधिसँगै लमजुङ एफसीले ६० हजार रुपैयाँ र शिल्ड जितेको छ । दोस्रो भएको ढुकुले ३० हजार रुपैया हात पारेको छ । मुस्कान एफसी अनुशाषित टिम बनेको छ ।
विजयी टोली तथा खेलाडीलाई राईनास सेवा समाजका अध्यक्ष विक्रम तामाङ र प्रतियोगिता संयोजक कृष्ण तिवारीलगायतले पुरस्कृत गरे ।
नकआउटको आधारमा भएको एक दिने प्रतियोगितामा २१ टोलीको सहभागिता रहेको बलराम गुरुङले जानकारी गराए ।