एसी मिलानले इटालियन सिरी ‘ए’ मा रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको मिलानले स्पेजियालाई २–१ ले पराजित गरेको हो ।
मिलानोमा शनिबार राति भएको खेलमा मिलानको जितमा थियो हर्नान्डेज र ओलिभर जिरुउडले गोल गरे । स्पेजियाका ड्यानियल माल्दिनीले एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको २१औं मिनेटमा थियो हर्नान्डेजको गोलबाट मिलानले सुरुवाती अग्रता लिन सफल भयो । उनले इस्माइल बेनासेरको पासमा गोल गर्न सफल भएका थिए । ५९औं मिनेटमा ड्यानियल माल्दिनीले एर्काडिअस्ज रेकाको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
६५औं मिनेटमा सान्द्रो टोनाली गोल गरेपछि भिएआरबाट मान्यता नपाँउदा मिलानले अग्रता लिन सकेन । ८९औं मिनेटमा ओलिभर जिरुउडले सान्द्रो टोनालीले गोल गर्दै मिलानलाई २–१ को जित सुनिश्चित गरे । गोल गरेको एक मिनेटपछि नै जिरुउड दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिदा मिलान १० खेलाडीमा समेटिन पुग्यो ।
यस जितसँगै मिलान १३ खेलबाट २९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित स्पेजिया ९ अंक जोडेर १७औं स्थानमा छ ।
यस्तै सिरी ‘ए’ कै अर्काे खेलमा नेपोलीले एटलान्टालाई २–१ ले तथा इम्पोलीले ससुलोलाई १–० ले पराजित गरेको छ । उडिनेस र लिसले १–१ गोलको बराबरी खेल्दा सालेरनिटना र क्रेमोन्सेले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।