रोमाञ्चक खेलमा इङ्ल्यान्डको पराजय: दक्षिण अफ्रिकाको सात रनको विजय
आइसीसी टी२० विश्वकप अन्तर्गत सुपर आठको दोस्रो खेलमा, इङ्ल्यान्डलाई दक्षिण अफ्रिकाले सात रनले पराजित गरेको छ। सेन्ट लुसियाको ड्यारेन सामी क्रिकेट स्टेडियममा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले १६४ रनको लक्ष्य इङ्ल्यान्डलाई दिएको थियो, जसलाई पछ्याउन इङ्ल्यान्ड असफल रह्यो।
दक्षिण अफ्रिकाले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनायो। ओपनर क्विन्टन डी काकले उत्कृष्ट प्रदर्शन गर्दै ६५ रन बनाए। उनले ३८ बलमा चार छक्का र चार चौका प्रहार गरे। अर्का ओपनर रिजा हेन्ड्रिक्सले १९ रन बनाए। डी काक र हेन्ड्रिक्सले ८६ रनको महत्वपूर्ण साझेदारी गरे। चौथो नम्बरका ब्याट्सम्यान डेभिड मिल्लरले अविजित ४३ रन थपे, उनले २८ बलमा दुई छक्का र चार चौका प्रहार गरे।
इङ्ल्यान्डका बलर जोफ्रा आर्चरले तीन विकेट लिए भने मोइन अली र अदिल रसिदले एक–एक विकेट लिए। इङ्ल्यान्डले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १५६ रन मात्रै बनाउन सक्यो।
सुपर–८ चरणको समूह–२ मा यो इङ्ल्यान्ड र दक्षिण अफ्रिकाको दोस्रो खेल हो। दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा आयोजक अमेरिकालाई १८ रनले पराजित गरेको थियो भने इङ्ल्यान्डले पहिलो खेलमा दुई पटकको च्याम्पियन वेस्ट इन्डिजलाई आठ विकेटले हराएको थियो।
खेलकुद, फुटबल, क्रिकेट, जुवा, सट्टेबाजी जस्ता रोचक विषयहरूमा थप जानकारीका लागि sartplay.com, sart88.com, sart-news.com मा जानुहोस्।