रोमाञ्चक खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले पराजित गर्यो
ICC टी२० विश्वकपमा अस्ट्रेलियाले बङ्गलादेशलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा २८ रनले हराउँदै महत्वपूर्ण जित हासिल गरेको छ।
शुक्रबार सम्पन्न सुपर आठको खेलमा अस्ट्रेलियाले यो जितसहित दुई अंक प्राप्त गरेको छ। अस्ट्रेलिया पहिलो स्थानमा रहँदा, समान अंकसहित भारत दोस्रो स्थानमा छ। पहिलो खेलमा पराजित अफगानिस्तान तेस्रो र बङ्गलादेश चौथो स्थानमा छन्। भारतले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ४७ रनले हराएको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ओभरमा आठ विकेट गुमाउँदै १४० रन बनायो। जवाफी ब्याटिङमा अस्ट्रेलियाले ११.२ ओभरमा केवल दुई विकेट गुमाएर १०० रन बनाएपछि वर्षाले खेल प्रभावित भयो।
वर्षा नरोकिएपछि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा अस्ट्रेलिया विजयी भयो। अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले अविजित ५३ रनको योगदान गरे। उनले ३५ बलमा तीन छक्का र पाँच चौका प्रहार गरे। अर्का ओपनर ट्राभिस हेडले पनि टोलीको खातामा ३१ रन थपे। उनले २१ बलमा दुई छक्का र तीन चौका प्रहार गरे।
वार्नर र हेडले ६५ रनको साझेदारी गरे। कप्तान मिचेल मार्श भने एक रनमै पेभेलियन फर्किए। ग्लेन म्याक्सवेलले टोलीका लागि अविजित १४ रनको योगदान गरे। उनले ६ बलमा एक छक्का र एक चौका प्रहार गरे।
बलिङतर्फ बङ्गलादेशका लागि रिसाद होसैनले दुई विकेट लिए।
पहिले ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा आठ विकेट गुमाउँदै १४० रन बनायो।
खेलकुद, फुटबल, क्रिकेट, जुवा, सट्टेबाजी जस्ता रोचक विषयहरूमा थप जानकारीका लागि sartplay.com, sart88.com, sart-news.com मा जानुहोस्।