पोर्चुगिज भेट्रान सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो संजाल इन्स्टाग्राममा सर्वाधिक प्रभावशाली फुटबलर बनेका छन्।
कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को दौरान सामाजिक इन्स्टाग्राममा रोनाल्डोले अर्जेन्टिनाका लियोनल मेस्सी, ब्राजिलका नेयमार र फ्रान्सका केलियन एमबाप्पेलाई पछि पार्दै सर्वाधिक प्रभावशाली फुटबलर बनेका हुन्
एनालिस्ट कम्पनी निल्सन स्पोर्ट्सको डाटा अनुसार इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका रोनाल्डोको औसत प्रति पोस्ट मूल्य ३.५ मिलियन भन्दा बढी रहेको छ।
इन्स्टाग्राममा रोनाल्डोको फलोअर्स गत वर्षको भन्दा ४७ प्रतिशतले बढेको देखिएको छ। रोनाल्डोको फलोअर्स ४८० मिलियन रहेको छ। सूचीको दोस्रो स्थानमा मेस्सी, तेस्रोमा नेयमार र चौंथोमा केलियन एमबाप्पे र पाँचौंमा भिनिसियस जुनियर रहेका छन्।
फ्रान्सका करिम बेन्जेमा छैटौं, अर्जेन्टिनाका पाउलो डिबाला सातौं, फ्रान्सकै एङ्गोलो कान्टे आठौं, फ्रान्सकै पउल पोग्वा नवौं तथा स्पेनका सर्जियो रामोस शीर्ष १० मा रहेका छन्
स्पेनका गाभी, ब्राजिलका राफिन्हा र एन्टोनी, स्पेनका पेड्री, अर्जेन्टिनाका राड्रिगो डि पउल, ब्राजिलका रोड्रिगो, फ्रान्सका ओरेलिएन चुआमेनी, मोरोक्कोका अचरफ हाकिमी, सर्वियाका डुसान भ्लाहोभिच र उरुग्वेका डार्विन नुनेजलगायतक खेलाडी पनि प्रभावशाली सुचीमा थपिएका छन्। इंग्ल्यान्डका जेडान सान्चो सबैभन्दा प्रभावशाली बेलायती खेलाडीको सूचीमा छन्।
एनालिस्ट कम्पनीले कतारमा हुने २०२२ को विश्वकपमा सहभागी हुने अपेक्षा गरिएका खेलाडीहरूको श्रेणी निर्धारण गरेको हो।