एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले प्रि–सिजन अन्तरगत स्पेनिस क्लब रायो भालेकानोविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने भएका छन् ।
क्लब छाड्ने चर्चाका बीच रोनाल्डोले सामाजिक संजालबाट भालेकानोविरुद्धको खेलको लागि आँफु तयार रहेको बताएका छन् । खेल आइतबार राति नेपाली समयअनुसार राति ८ः४५ बजे ओल्ड ट्राफोर्डमा हुनेछ ।
३७ वर्षीय रोनाल्डोले शनिबार राति हुने स्पेनिस क्लब एट्लेटिको म्याड्रिडविरुद्धको मैत्रीपूर्ण भने खेल्ने छैनन् । पछिल्लो समय क्लब छाड्ने योजनामा रहेका रोनाल्डो टोलीको प्रि–सिजन टुरमा समेत गएका थिएनन् । उनी केहि दिनअघि मात्र युनाईटेड फर्किएका थिए ।