क्लाउडियो रेनिएरी तीन दशक भन्दा बढी समयपछि इटालियन सिरी ‘बी’ क्लब क्याग्लिएरीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
७१ वर्षीय रेनिएरीलाई क्याग्लिएरीले २ वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । उनको सम्झौता १ जनवरी २०२३ देखि लागु हुनेछ । उनी २०२५ सम्म क्याग्लिएरीमा रहनेछ ।
रेनिएरी ३१ वर्षपछि क्याग्लिएरी फर्किएको हो । उनले त्यसअघि सन् १९८८ देखि १९९१ को बीचमा क्याग्लिएरीलाई प्रशिक्षण दिदा टोलीलाई सिरी ‘सी’ बाट सिरी ‘ए’ मा बढुवा गराउन सफल भएका थिए । रेनिएरीलाई प्रशिक्षकमा नियुक्त गर्दै क्याग्लिएरीले टोली सिरी ‘ए’ मा बढुवा हुने विश्वास लिएको छ ।
गत वर्षको जनवरीमा इंग्लिस क्लब वाट्फोर्डले बर्खास्त गरेपछि उनी क्लबविहीन थिए । ‘म क्याग्लियारी फर्कदैछु ।’ ७१ वर्षीय रेनिएरीले भने, ‘मैले यो सधैं थाहा पाएको छु, मैले यो मेरो प्रस्थानको समयमा पनि घोषणा गरे ।’
रेनिएरीले फाबियो लिवरानीको स्थजान लिनेछ । फावियोलाई क्याग्लिएरीले गत साता बर्खास्त गरेको थियो । क्याग्लिएरी सिरी ‘बी’ मा १४औं स्थानमा छ ।
‘क्याग्लियारीले मलाई मेरो काममा विश्वास गरेर जिम्मा दिएको छ । मैले ती तीन वर्षमा मलाई मद्दत गर्ने सबै तत्वहरू फेला पारेको थिए । प्रशंसक, खेलाडी, व्यवस्थापक, हामी सबै एक थियौं ।’ रेनिएरीले भने, ‘यि दिनहरूमा तपाईले मलाई मद्दत गर्नुभयो, हामी पारस्परिक सम्मान र मायाले बाँधिएका छौं ।’
‘म अपरिवर्तित उत्साह, प्रेम र जोश संग आउँछु, तर म एक्लै पर्याप्त छैन । क्लबको मद्दत चाहिन्छ, जसले मलाई, मेरो नयाँ खेलाडी, समर्थकलाई राम्रो नतिजा सम्पन आशा प्रदान गर्नेछ ।’ रेनिएरीले थपे ।
‘म पक्का छु कि हामी सबै मिलेर टोलीलाई एकै दिशामा धकेल्नेछौं, किनकि हामी यही चाहन्छौं ।’ रेनिएरीले भने । वाट्फोर्डले रेनिएरीलाई सन् २०२२ मा ४ महिनाभन्दा कम समयमै बर्खास्त गरेको थियो ।
उनले लेस्टर सिटीबाट सन् २०१५ र १६ को सिजनमा प्रिमियर लिग जित्न सफल भएका थिए । सन् १९८६ देखि प्रशिक्षण करिअर सुरुवात गरेका उनले २१ भन्दा बढी क्लब र ग्रीसको राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइसकेका छन् ।