स्पेनिस क्लब रियल म्याड्रिडका बेल्जियन गोलरक्षक थिवाउट कोर्टुवाले यासिन ट्रफी जितेका छन् । २०२१–२२ को सिजनमा उत्कउष्ट प्रदर्शन गरेका उनले उत्कृष्ट गोलरक्षकको रुपमा यासिन ट्रफी अवार्ड जित्न सफल भएका हुन् ।
चोटका कारण सान्टियागो बर्नाबेउमा बार्सिलोनामाथि ३–१ जितको खेल गुमाएको उनले एक दिनपछि उनले यो अवार्ड पाएका हुन् । यो अवार्डको दौडमा उनले मार्क–आन्र टेर स्टेगन, एलिसन बेकर, एडरसन मोराएस र जान ओब्लाकलाई पछि पारे ।
च्याम्पियन्स लिगमा निर्णायक
लिभरपुलविरुद्ध च्याम्पियन्स लिग फाइनलको पूर्वसन्ध्यामा कोर्टुवाको आलोचना भएको थियो, जब उनले ‘जब रियल म्याड्रिड फाइनल खेल्छन्, उनीहरूले जित्छन् ।’ भनेर जोड दिएका थिए ।
एट्लेटिको मड्रिडको विगतका कारण उनको भनाई विवादमा परेको थियो । बेल्जियम अन्तर्राष्ट्रिय खेलाडी एट्लेटिकोमा आफ्नो समयमा खुसी थिए, तर यसको मतलब यो होइन कि उनी बाल्यकालमा रियल म्याड्रिडको प्रशंसक थिएनन् ।
जब रियल म्याड्रिडले कोर्टुवालाई अनुबन्ध गर्न आफ्नो रुचि देखाए, चेल्सीले उनलाई क्लब छोड्नबाट रोक्न खोज्यो । बेल्जियमका स्टारले आफ्नो सपना साकार पार्न बाहिरिन बाध्य भए ।
‘म मेरो टोलीलाई धन्यवाद दिन चाहन्छु किनभने उनीहरूलाई धन्यवाद मैले यो ट्रफी जित्न सफल भएको छु ।’ कोर्टुवाले भने, ‘म मेरो परिवार र मेरा बच्चाहरूलाई वर्षभरि उनीहरूबाट पाएको सहयोगको लागि सम्झन चाहन्छु ।’
यस्तै क्याटलान क्लब बार्सिलोनाका युवा मिडफिल्डर गाभीले कोपा ट्रफी जितेका छन् । युवा खेलाडीको लागि रहेको यो अवार्ड जित्ने क्रममा उनले रियल म्याड्रिडका इडुआर्डाे कामाभिंगालाई पछि पारे ।