• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रियल म्याड्रिडकाे हार

रियल म्याड्रिडकाे हार

08/01/2023

स्पेनिस ला लिगामा बार्सिलोनाका पुर्व प्रशिक्षक क्विके सेटिनको नेतृत्वमा रहेको भिल्लारियलसँग रियल म्याड्रिडले हार बेहोरेको छ । रियल घरेलु टोली भिल्लारियलसाग २–१ ले स्तब्ध बनेको हो ।

भिल्लारियलको जितमा यारेमी पिनो र जेरार्ड मोरेनोले गोल गरे र रियलका कीतान करिम बेन्जेमाले एक गोल फर्काए । भिल्लारियलमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

पाँचौं मिनेटमा जेरार्ड मोरेनोको क्रसमा फ्रान्सिस कोक्विलिनले चलाखीपूर्ण ब्याकहील पोलमा लाग्दै फर्कदा भिल्लारियल अग्रता लिनबाट चुक्यो । २३औं मिनेटमा यारेमी पिनोको प्रहारलाई गोलरक्षक थिवाउट कोर्टुवाले रोक्दै रियललाई खेलमा यथावत राखे । ४०औं मिनेटमा करिम बेन्जेमाको पासमा भिनिसियस जुनियरको प्रहारलाई गोलरक्षक पेपे रेइनाले बचाउँदा रियल अग्रता सलनबाट चुक्यो ।

दोस्रो हाफको शुरुमै रियलले गोल खान पुग्यो । फर्लान्ड मेन्डीको गलत पासलाई पेरेजोले मोरेनो हुँदै आएको पासलाई यारेमी पिनोले गोल गर्दै भिल्लारियललाई १–० को अग्रता दिलाए । ४९औं मिनेटमा बेन्जेमा चुक्दा रियल पनि बराबरीबाट चुक्यो ।

५६औं मिनेटमा भिनिसियसको प्रहार जुआन फोएथको हातमा लागेको भन्दै रियलले पेनाल्टीको अपिल गर्दा रियलले भिएआरबाट पेनाल्टीको अवसर पाएको थियो । त्यसमा बेन्जेमाले ६०औं मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

तर, रियलको त्यो बराबरी लामो समय टिकेन । ६३औं मिनेटमा मोरेनाले पेनाल्टीमा गोल गर्दै भिल्लारियललाई २–१ को अग्रता दिलाए । डेभिड अलबाले बल क्लियर गर्ने क्रममा लडेको अवस्थामा हातमा लागेर बलको दिशा अवरुद्ध बनेपछि रेफ्रीले हयान्ड बल मान्दै भिल्लारियललाई पेनाल्टी दिने निर्णय गरेका थिए । जसमा मोरेनो चुकेनन् ।

इन्ज्युरी समयको थप गरिएको अन्तिम मिनेटमा एर्नाउट डानजुमाले खाली पोस्टमा गाल गर्न सकेनन् । मार्काे एसेन्सियोले कर्नर प्रहार गर्दा विपक्षी गोल पोस्टमा कोर्टुवा रहँदा डानजुमाले झन्डै ४० यार्ड टाढाबाट गरेको प्रहार दोस्रो बार च्याप्दै बाहिरियो । यसका बावजुत भिल्लारियल २–१ ले विजयी हुँदा रियलले सिजनको दोस्रो हार भोग्यो । रियल यसअघि रायो भालेकानोसँग ३–२ ले पराजित भएको थियो ।

यो हारपछि रियलले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । यसको सोझो फाइदा बार्सिलोनालाई पुगेको छ । भिल्लारियलसँग रियल पराजित हुँदा बार्सिलोना शीर्ष स्थानमा यथावत रहेको छ । रियलले जितेको भए उसले एक खेल बढी खेलेको अवस्थामा बार्सिलोनालाई ३ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लने थियो । तर, रियलले त्यो राम्रो अवसर गुमाएको छ । हराउँदा बार्सिलोनालाई शीर्ष स्थानमा कायम राख्न मदत पुगेको छ ।

यो हारपछि रियल १६ खेलपछि ३८ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । एक खेल कम खेलेको बार्सिलोना समान ३८ अंकका साथ शीर्ष स्थानमा छ । बार्सिलोनाले अब आफ्नो खेलमा जित निकालेमा ३ अंकको अग्रत कायम गर्नेछ । रियललाई पराजित गरेको भिल्लारियल भने १६ खेलपछि २७ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।

यस्तै अर्काे खेलमा क्याडिजले भ्यालेन्सियालाई तथा रियल भालाडाेलिडले मलाेर्कालाई समान १–० ले पराजित गरेकाे छ । यस्तै इस्पान्योल र जिरोनाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

Share
Tweet

RELATED ARTICLES

  • लिभरपुललाई ४-० ले ध्वस्त पार्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

    05/04/2026

  • इटालीको पीडादायी असफलता : विश्वकपको सपना फेरि टुट्यो, नेपाली फुटबल प्रेमीको मन पनि दुख्यो

    01/04/2026

  • **आइपिएल २०२६ मा आज रोमाञ्चक भिडन्तः गुजरात टाइटन्स र पञ्जाव किंग्स आमने सामने**

    31/03/2026

  • इंग्ल्यान्डको बराबरीले हाम्रो मनलाई छोयोः बेन ह्वाइटको गोल र पेनाल्टीको दुख

    29/03/2026

  • **मोहम्मद सलाहको भावुक बिदाइ : लिभरपुल छाड्ने घोषणा गर्दा धेरैको मन रुवियो**

    26/03/2026

  • साफ यु-२० मा नेपालको रोमाञ्चक जित : २-१ ले भुटानलाई हराउँदा सबैको मन जितियो

    24/03/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.