स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
गएराति भएको खेलमा रियलले ओसासुनासँग १–१ गोलको बराबरी खेल्दै तालिकामा १ अंकमात्रै थप्न सफल भयो ।
जितेको भए वार्सिलोनालाई पछि पार्दै शीषै स्थानमा उक्लने थियो ।
बार्सिलोना १९ अंकका साथ शीर्ष स्थानमा रहँदा रियल पनि समान अंक भए पनि दोस्रो स्थानमा छ ।
घरेलु मैदानमा रियलले अग्रता लिए पनि जोगाउन असफल भएको थियो ।
४२ औं मिनेटमा भेनिसियस जुनियरले गाले गरेपछि रियलले अग्रता लिएको थियो ।
तर, ५० औं मिनेटमा ओसासुनाका किकेले गोल गरेपछि खेल बराबरीमा आएको थियो ।
७८ औं मिनेटमा ओसासुनाका डेभिड गार्सिया रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।
७९ औं मिनेटमा करिम बेन्जिमाले गोल गरेपनि भारतले मान्यता दिएन ।
त्यसपछि दुवै टिमबाट गोल नभएपछि एक एक अंक बाँड्न पुगे ।
ओसासुना १३ अंकका साथ छैटौं स्थानमा छ ।