स्पेनिस क्लब रियल म्याड्रिडले पेरिस सेन्ट जर्मेन (पीएसजी) तथा फ्रान्सेली सुपरस्टार केलियन एमबाप्पेलाई अनुबन्ध गर्ने योजना बनाएको छ ।
गत सिजन अन्तिम समयमा धोका पाएपनि रियलले एमबाप्पे अनुबन्ध गर्न १ बिलियन युरो खर्च गर्न तयार रहेको बुझिएको छ ।भर्खरै २४ वर्ष लागेका एमबाप्पेले ५६ वर्षपछि विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्दै २०२२ को विश्वकपमा गोल्डेन बुट जितेका थिए ।
फ्रान्सले २०१८ को विश्वकप जित्दा ४ गोल गरेका उनले कतारमा भएको प्रतियोगिता भर आठ गोल गरेका थिए । स्पेनिस च्याम्पियनले २०२१ को समर ट्रान्सफरमा निःशुल्क स्थानान्तरणमा मौखिक सहमति जनाइसकेपनि अन्तिम समयमा उनले रियलको प्रस्तावलाई नकार्दै पिएसजीमा थप दुई वर्षको नयाँ सम्झौता नविकरण गरेका थिए । उनले रियलका समर्थकहरुलाई धन्यवाद समेत दिएका थिए ।
तर, अब एमबाप्पेले रियलबाट खेल्ने मनासय बनाएको छ । म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले उनलाई रियलमा अनुबन्ध गर्न जे पनि गर्न तयार छन् । गाजेट्टाका अनुसार १४ पटकको युरोपेली च्याम्पियन रियलले ४ वर्षको अवधिमा ८७७ मिलियन पाउन्ड खर्च गर्न तयार छ ।