यूइएफए सुपर कप फुटबल प्रतियोगिताको उपाधि रियल मड्रिडले जितेको छ । फाइनलमा जर्मन क्लब फ्रांकफर्टलाई दुई शुन्यले हराउँदै रियलले उपाधि जित्न सफल भयो ।
स्विडेनमा भएको फाइलनमा रियलको जितमा डेविड अलावा र करिम बेन्जिमाले एक एक गोल गरे । खेलको ३७ औं मिनेटमा कासेमेरको पासमा अलावाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियलले दोस्रो हाफमा एक गोल थप्यो । उसका लागि बेन्जिमाले गोल गरे । उनले भिनिसिउस जुनियरको पासमा गोल गरे । बेन्जिमाले रियलका लागि गरेको यो तीन सय २४ औं गोल हो ।
त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र रियलले उपाधि जित्यो । प्रशिक्षक कार्लो एन्सेलोटिले रियलबाट जितेको यो २४ औं उपाधि हो । यसका साथै सुपर कपको उपाधि धेरै पटक जित्ने टिमको सूचीमा रियलपनि जोडिएको छ । उसले यो प्रतियोगिताको उपाधि पाँचौं पटक जितेको छ ।
रियलले पाँच बर्षपनि सुपर कपको उपाधि जितेको हो । यसअघि उसले सन् २०१७ मा यो प्रतियोगिताको उाधि जितेको थियो भने २०१८ को फाइनलमा एट्लेटिको मड्रिडसँग पराजित भएको थियो ।
सुपर कपको उपाधि धेरै पटक जित्नेमा बार्सिलोना, एसी मिलान समान पाँच पाँच पटक छन भने लिभरपुल चार पटक जितेको छ ।