रहिता शाक्यले १२ औं यल कप व्याडमिन्टन प्रतियोगिता महिला एकलको च्याम्पियन बनेकी छिन् ।
शुक्रबार भएको फाइनलमा दौबहालकी रहिताले तिसारानी शाक्यलाई हराउँदै स्वर्ण पदक जितेकी थिइन् । रनिता २१–१४, १३–२१, २१–१६ ले विजयी भएकी थिइन् ।
दौबहाल टोल सुधार समिति टौबहाल स्पोर्टस् क्लबको आयोजनामा असोज ३० गते सुरु भएको प्रतियोगिता शनिबार पुरुष एकलको फाइनलसहित सम्पन्न हुनेछ ।