कतारी शाही परिवारले विश्वकप सरु हुन ४८ घण्टा बाँकी रहेको समयमा फिफालाई विश्वकप हुने रंगशालाहरुमा हुने मदिरा बिक्रिमा पूर्ण प्रतिबन्ध लगाउन दबाब दिइरहेका छन् ।
आयोजक राष्ट्र कतारमा रक्सीको बिक्रि सामान्यता प्रतिबन्धित रहेको छ । कतारमा इजाजतपत्र प्राप्त होटल र रेष्टुरेन्टहरुमा पिउने विदेशीहरु वा गैर मुस्लिमहरुले घरमा पिउनका लागि विशेष अनुमति चाहिन्छ । यस्तैमा फिफाले विश्वकप खेल हुने आठ रंगशालामा वियर बेच्न रोक्नका लागि दवाव दिएका छन् ।
यदी सो दवावलाई फिफाले समर्थन गरेमा बुडवेजर जो यस प्रतियोगिताको प्रायोजक मध्ये एक रहेको छ उसले खेलहरुमा फ्यानहरुलाई आफ्नो वियर बेच्न असमर्थ रहने छ । फिफाले कम्पनीसँगको बहु–मिलियन डलरको सम्झौता उल्लङ्घन गर्न सक्छ ।
बुडवेइजर र फिफा बीच यस मुद्दाको बारेमा छलफल चलिरहेको छ । यद्यपि द टाइम्सले कतारी रोयल्सले हस्तक्षेप गरेपछि अब बुडवेजरको बिक्री हटाउने सम्भावना रहेको बताउँछ । न्यूयोर्क टाइम्सले कतारका राजाका भाई शेख जसिम बिन हमाद बिन खलिफा अल थानीले हस्तक्षेप गरेको बताएको छ।
विश्वकपमा आगन्तुकहरूले होटल र रेस्टुरेन्टमा निश्चित समयभित्र फ्यान जोनहरूमा र स्टेडियम कन्कोर्सहरूमा रक्सी किन्न सक्छन् तर स्टेडियम भित्र भने होइन ।
बियरलाई आधिकारिक स्थानहरूमा प्रति पिन्ट लगभग १२ डलरमा किन्न पाइनेछ । र फ्यानहरूलाई मात्नबाट रोक्न चार ड्रिंकको सिमा तोकिएको छ । मादक पदार्थ सेवन गर्ने जो कोहीलाई शान्त हुनको लागि विशेष क्षेत्रमा लैजान सकिन्छ ।
यदि कतारीहरू नियमहरू परिवर्तन गर्न सफल भए, यसको मतलब कन्कोर्समा मदिरा बिक्रीमा प्रतिबन्ध लगाइनेछ ।