भारतमा आयोजना हुने यु–२० साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।
प्रमुख प्रशिक्षक मेघराज केसीले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
२३ सदस्यीय टोलीको गोलकिपरमा इश्वर गुरुङ, युनेश चौधरी र जियारथ शेख रहेका छन् ।
त्यस्तै डिभेन्डरमा अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा रहेका छन् ।
उता मिडफिल्डरमा दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान रहँदा फरवार्डमा दिपेश राई, निरञ्जन मल्ल र रोहन खड्गी रहेका छन् ।
यु–२० साफ च्याम्पियनसिप जुलाई २५ बाट भारतको भुवनेश्वरमा हुँदै छ ।
च्याम्पियनसिपको उद्घाटन खेलमा नै नेपालले माल्दिभ्ससँग खेल्ने छ ।
त्यस्तै दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ ।
तेस्रो खेल जुलाई ३१ मा भारतसँग खेल्दा अन्तिम खेल अगष्ट २ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।
उपाधिका लगि शिर्ष दुई टोलीले अगष्ट ५मा खेल्नेछन् ।