काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोली साफ यू–२० च्याम्पियनसिप खेलेर बिहीबार स्वदेश फर्किएको छ । टोली बिहीबार अपरान्ह ४ बजेपछि नेपाल आइपुगेको हो ।
नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायत एन्फाका पदाधिकारीले विमानस्थलमै पुरगेर स्वगत गरेका थिए ।
भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी च्याम्पियनसिपमा नेपाल राउन्ड रोविन लिगमा तेस्रो हुँदै फाइनलम पुग्न असफल भएको थियो । सुरुवाती दुई खेलमा माल्दिभ्स र श्रीलंकालाई हराएको नेपाल तेस्रो खेलमा भारतसँग ८–० को भारी अन्तरले पराजित हुँदा फाइनलको यात्रा कठिन बनेको थियो ।
राउन्ड रोविन लिगको अन्तिम खेलमा पनि बंगलादेशसँग १–१ गोलको बराबरीमा रोकिएपछि र अर्काे खेलमा भारतले जित निकालेपछि दुई पटकको च्याम्पियन नेपाल फाइनलमा पुग्न असफल भयो ।
फाइनलमा भारत र बंगलादेशले शुक्रबार प्रतिस्पर्धा गर्दैछ ।