इंग्लिस विंगर सोली मार्चले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि लिभरपुल इंग्लिस प्रिमियर लिगमा ब्राइटनसँग स्तब्ध बनेको छ ।
लिभरपुल घरेलु टोली ब्राइटनसँग ३–० ले स्तब्ध बनेको हो । लिरभपुललाई स्तब्ध पार्न घरेलु टोली ब्राइटनका सोली मार्चले २ तथा ड्यानी वेलब्याकले एक गोल गरे । सबै ३ गोल दोस्रो हाफमा भएको थियो ।
दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा शनिबार राति भएको खेलमा घरेलु टोली ब्राइटनले खेलको सुरुवात देखि नै लिभरपुललाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।
४६औं मिनेटमा सोली मार्चले गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाए । उनले मिटोमाले दिएको पासलाई सहजै फिनिस गरेका थिए । ५३औं मिनेटमा सोली मार्चले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै ब्राइटनको अग्रता दोब्बर पारे । उनले यसपटक इभान फर्गुसनको पासललाई सदुपयोग गरेका थिए ।
त्यसपछि ८१औं मिनेटमा ड्यानी वेलब्याकले गोल गर्दै ब्राइटनलाई ३–० ले स्तब्ध पारे । उनले यस खेलमा दुई गोल गरिसकेका सोली मार्चको पासलाई सदुपयोग गरेका थिए ।
यस जितसँगै ब्राइटन १८ खेलबाट ३० अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । पराजित लिभरपुलले छैटौं स्थानमा उक्लने मौका गुमाएको छ । लिभरपुल २८ अंक जोडेर नवौं स्थानमा छ ।
अन्य नतिजा
म्यानचेस्टरविरुद्ध म्यानचेस्टर सिटी (२–१)
ब्राइटनविरुद्ध लिभरपुल (३–०)
वल्भ्सविरुद्ध वेस्ट ह्याम (१–०)
एभर्टनविरुद्ध साउथह्याम्टन (१–२)
नटिङहमविरुद्ध लेस्टर (२–०)
ब्रेन्टफर्डविरुद्ध बर्नमाउथ (२–०)