इंग्लिस क्लब लिभरपुलका पूर्व फरवार्ड साडियो मानेले दुई गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सेनेगलले ब्राजिलमाथि पूनरागमन जित निकालेको छ ।
सेनेगलले १–० ले पछि परेको स्थिति ब्राजिलमाथि ४–२ को पूनरागमन जित निकालेको हो । सेनेगलको जितमा मानेले दुई गोल गर्दा हबिब डियालोले एक गोल गरे । एक गोल उपहार पाएको थियो । ब्राजिलका लुकास पाक्वेटा र मार्किन्हसले गोल फर्काए ।
पोर्चुगलको लिस्वनमा मंगलबार राति भएको खेलको ११औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाए । तर, ब्राजिलको त्यो अग्रता लामो समय टिकेन । २२औं मिनेटमा हबिब डियालोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
५२औं मिनेटमा मार्किन्हसले आत्मघाती गोल गरेपछि ब्राजिल खेलमा २–१ ले पछि पर्यो । ५५औं मिनेटमा साडियो मानेले गोल गरेपछि ब्राजिल खेलमा ३–१ ले पछि पर्यो ।
५८औं मिनेटमा मार्किन्हसले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा मानेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि सेनेगलले ब्राजिलमाथि सानदार पूनरागमन जित निकाल्न सफल भयो ।
अफ्रिकी टोलीसँगको पछिल्लो चार खेलमा ब्राजिलको यो तेस्रो हार बेहोरेको हो । फिफा विश्वकप कतार २०२२ मा क्यामरुनसँग पराजित भएको ब्राजिलले त्यसपछि मैत्रीपूर्ण खेलमा मोरक्कोसँग पराजित हुँदा गिनियालाई पराजित गरेको थियो ।
यस्तै सेनेगल ११ वर्षपछि ब्राजिलसँग खेलमा पछि परेको स्थिति उल्ट्याएर जित निकाल्ने पहिलो टोली बनेको छ ।