अस्पतालमा क्यान्सरको उपचार गराइरहेका ब्राजिलियन फुटबलर पेलेको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । उनको मृगौला र मुटुमा असर परेको छ । अल्बर्ट आइन्स्टाइन अस्पतालले एक विज्ञप्तिमा ८२ वर्षीय फुटबलरलाई विशेष हेरचाहमा राखिएको जनाएको छ। उनको मिर्गौला र मिर्गौलामा असर परेको छ । तर, कोभिड–१९ पछि बढेको उनको छातीमा संक्रमणबारे अस्पतालले जानकारी दिएको छैन ।
उनको कोलोन ट्युमर सेप्टेम्बर २०२१ मा हटाइएकाे थियाे । त्यसपछि उनलाई केमोथेरापी दिइएकाे थियाे । उनकी छोरी केली नासिमेन्टोले पेले क्रिसमससम्म अस्पतालमै रहने बताएकी छिन्। उनले क्रिसमसका लागि अस्पतालमै बस्नु उपयुक्त हुने चिकित्सकहरुले बताएका छन् । उनले अस्पतालमै क्रिसमस मनाउने छन् ।
पेले यसअघि पनि अस्पताल भर्ना भएका थिए । त्यसपछि उनी नियमित जाँचपछि डिसचार्ज भएका थिए । सेप्टेम्बर २०२१ मा ८२ वर्षीय पेलेको कोलोन (ठूलो आन्द्रा)बाट ट्युमर निकालिएको थियो। त्यसयता उनी नियमित चिकित्सककाे निगरानीमा छन् । पेलेलाई मुटुको समस्या थियो र उनको मेडिकल स्टाफले उनको केमोथेरापी उपचारमा राम्रो प्रतिक्रिया नदिएकोमा चिन्ता व्यक्त गरेका छन्।
पेलेले आफ्नो देश ब्राजिललाई तीन पटक विश्व च्याम्पियन बनाएका थिए । उनको नेतृत्वमा ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो । सन् १९५८ को विश्वकपको फाइनलमा सुडानविरुद्ध दुई गोल गरे । पेलेले आफ्नो व्यावसायिक करियरमा कुल १३६३ खेल खेलेका छन् र १२८१ गोल गरेका छन्। उनले ब्राजिलका लागि ९१ खेलमा ७७ गोल गरेका छन् ।