भारतले चौथो ट्वान्टी–२० मा शनिबार वेस्ट इन्डिजलाई नौ विकेटले पराजित गरेको छ । यससँगै पाँच खेलको शृंखला २–२ को रोमाञ्चक बराबरीमा पुगेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले आठ विकेटमा १ सय ७८ रन बनाएको थियो । जवाफमा भारतले १७ ओभर मात्र उपयोग गरेर एक विकेटको क्षतिमा १ सय ७९ रन बनायो ।
भारतका लागि ओपनर यशश्वी जयसवालले नटआउट रहेर सर्वाधिक ८४ रन बनाए । अर्का ओपरन शुभमन गिलले ७७ रनको योगदान दिए । उनीहरूले पहिलो विकेटका लागि १ सय ६५ रनको साझेदारी गरेका थिए ।