नेपाल भलिबल संघका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटवार्तामा आसन्न संघको निर्वाचन र भलिबल खेलको विकासबारे छलफल भएको थियो । भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष कुमारराज सुवेदी र निरोज मास्के, महासचिव जीतेन्द्रबहादुर चन्द, ज्योति केसी, भरत शाह, रिता कोइराला लगाएतका पुगेका थिए ।
भेटवार्तामा भलिबल संघको भदौ २२ गते हुने चुनावी साधारणसभाको उद्घाटनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा दिइएको उपाध्यक्ष सुवेदीले जानकारी दिए ।
नेपालको राष्ट्रिय खेल भलिबल भएकाले पनि प्रधानमन्त्रीलाई साधारण सभाको उद्घाटनको निमन्त्रणा दिएको उनले बताए । यसैगरी भलिबलको पूर्वाधार निर्माण लगाएतका विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको सुवेदीले बताए । जवाफमा प्रधानमन्त्री देउवाले भलिबल खेलको विकासका लागि आफू प्रतिवद्ध रहेको बताएका थिए ।