सुरुवाती अग्रता जोगाउन नसक्दा लन्डन क्लब चेल्सीले घरेलु मैदानमै ब्राइटनसँग हार बेहोरेको छ । चेल्सी घरेलु मैदानमा ब्राइटनसँग २–१ ले पराजित भएको हो ।
।स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलको १३औं मिनेटमा कोनर गल्लाघेरको गोलबाट चेल्सीले अग्रता लिन सफल भयो ।
उनले मिखाइलो मुड्रिकको पासमा गोल गर्न सफल भएका थिए । तर, त्यो अग्रतालाई चेल्सीले जोगाउन नसक्दा पराजित हुन पुग्यो ।
४२औं मिनेटमा ड्यानी वेलबेकले पास्कल ग्रसको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ६९औं मिनेटमा जुलियोले सोली मार्सको पासमा गोल गर्दै चेल्सीलाई घरेलु मैदानमा हार चखाए ।
यस जितसँगै ब्राइटन २९ खेलबाट ४९ अंक जोडेर सातौं स्थानमा रहेको छ । हारसँगै चेल्सी ३१ खेलबाट ३९ अंक जोडेर ११औं स्थानमा छ ।
अन्य नतिजा
एस्टन भिल्लाविरुद्ध न्यूक्यासल (३–०)
साउथह्याम्टनविरुद्ध क्रिस्टल प्यालेस (०–२)
वल्भ्सविरुद्ध ब्रेन्टफर्ड (२–०)
एभर्टनविरुद्ध फुलहम (१–३)
टोटेनहमविरुद्ध बर्नमाउथ (२–३)