क्याटलान क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको राउन्ड अफ ३२ पहिलो लेगमा रोमाञ्चक बराबरी खेलेका छन् ।
बार्सिलोना र युनाइटेडले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका हुन् । दुवै टोलीले एक समय अग्रता लिएर पनि जोगाउन नसक्दा खेल बराबरीमा टुंगिएको हो । बार्सिलोनाका मार्काेस अलन्सो र राफिन्हाले गोल गर्दा युनाइटेडका मार्कस रासफर्डले गोल गर्दा एक गोल उपहार पाएको थियो ।
स्पोटिफाई क्याम्प नोउमा बिहीबार राति भएको खेलको सबै चार गोल दोस्रो हाफमा भएको थियो । खेलको ५०औं मिनेटमा मार्काेस अलन्सोले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । उनले राफिन्हाको पासमा गोल गर्न सफल भएका थिए ।
तर, बार्सिलोनाको त्यो अग्रता दुई मिनेट पनि टिकेन ५२औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले फ्रेडको पासमा गोल गर्न सफल भएका थिए ।
५९औं मिनेटमा जुल्ड कुन्डेले आत्मघाती गोल गरेपछि युनाइटेडले खेलमा २–१ को अग्रता लिन सफल भयो । रासफर्डको प्रहारलाई जोगाउने क्रममा कुन्डेले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।
एक गोलले पछि परेपछि बार्सिलोनाले पाहुना टोलीमाथि दवाव बढाउँदै ७६औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । आत्मघाती गोल गरेका कुन्डेको पासमा राफिन्हाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।
अब दोस्रो लेगको खेल २३ फेब्रुअरीमा युनाइटेडको मैदानमा हुनेछ । अवे गोलको अवधारणा हटेकाले हब जित हात पार्ने टोली नै प्रि–क्वाटरफाइनलमा पुग्नेछ ।
च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएका टोली र युरोपा लिगको समूह चरणमा दोस्रो भएका टोलीले अन्तिम ३२ मा प्रतिस्पर्धा भइरहेको छ ।
आर्सनल, फेनरवाच, रियल बेटिस, युनियन सेन्ट गिलोइस, रियल सोसिडाड, फ्रेइवर्ग, फियोनुर्ड र फेरेन्कभारोस समूह विजेता बन्दै प्रि–क्वाटरफाइनलमा पुगिसकेको छ ।
अन्य नतिजा
साख्तर डोनेक्सविरुद्ध रेनेस (२–१)
आयाक्सविरुद्ध युनियन बर्लिन (०–०)
साल्जवर्गविरुद्ध रोमा (१–०)
स्पोर्टिङ सिपीविरुद्ध मिट्जेल्यान्ड (१–१)
लिभरकुसनविरुद्ध मोनाको (२–३)
सेभियाविरुद्ध पिएसभी इन्डोभेन (३–०)
युभेन्ट्सविरुद्ध नान्टेस (१–१)