जर्मन च्याम्पियन बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको एकै समूहमा परेका छन् ।
टर्कीको इस्तानबुलमा भएको समारोहबाट च्याम्पियन्स लिग २०२२/२३ को समूह चरणको टिम विभाजन गरिएको हो । लिगको प्रदर्शन आधारमा २६ टोली र प्लेअफ चरणबाट ६ गरि कुल ३२ टोलीले समूह चरमा स्थान बनाएका थिए । ८ समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् ।
समूह विभाजन यस प्रकार छ :
समूह ए : आयाक्स, लिभरपुल, नापोली, रन्जर्स
समूह बी : पोर्टो, एट्लेटिको म्याड्रिड, बायर लेभरकुसन, क्लब ब्रुज
समूह सी : बायर्न म्युनिख, बार्सिलोना, इन्टर मिलान, भिक्टोरिया प्लेजन
समूह डी : आइन्ट्राक्ट फ्रान्कफर्ट, टोटेनहम हट्सपर, स्पोर्टिङ लिस्बन, मार्से
समूह ई : एसी मिलान, चेल्सी, आरबी साल्जबर्ग, डिनामो जाग्रेब
समूह एफ : रियल म्याड्रिड, आरबी लाइप्जिग, शाख्तार डोनेस्क, सेल्टिक
समूह जी : म्यानचेस्टर सिटी, सेभिया, बोरुसिया डर्टमुन्ड, कोपनहेगन
समूह एच : पेरिस सेन्ट जर्मेन, युभेन्टस, बेन्फिका, मक्काबी हाइफा