• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » बार्सिलोनामा बस्न मेस्सीले ९ सर्त राखेको बल्ल खुलासा !

बार्सिलोनामा बस्न मेस्सीले ९ सर्त राखेको बल्ल खुलासा !

25/09/2022

सन् २०२१ को अगस्टमा अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना छाडेर पीएसजी गएका थिए । मेस्सी बार्सिलोनामा आवद्ध हुँदा १६ वर्षका थिए  । त्यही नै उनले सिनियर करियर सुरु गरेका मेस्सीले १८ वर्षपछि बार्सिलोनालाई ‘गुडबाइ’ गरे ।

बार्सिलोनामा रहँदा धेरै समर्थक कमाएका मेस्सी भावुक हुँदै जसरी क्लबबाट टाढा भए त्यसरी नै उनका समर्थकहरु पनि निराश भएका थिए । त्यतिबेला उनी के कति कारणले बार्सिलोना छाडे भन्ने चर्चाहरु सतहमा आए पनि अहिले स्पेनिस अखबारले मेस्सीले बार्सिलोना बस्नका लागि ९ सर्त राखेको र त्यो पूरा नभएपछि क्लबसँग सम्बन्ध विच्छेद गरेको दावी गरेको छ ।

स्पेनिस अखबार एल मुन्डोले गरेको दावी अनुसार मेस्सीले क्लबसँगको सम्झौताका लागि प्राइभेट प्लेनदेखि फि बढाउनु पर्ने लगाएतका सर्त राखेका थिए । तर त्यतिबेला बार्सिलोनाको आर्थिक अवस्था नाजुक हुँदा मेस्सीका मागहरु पूरा गर्न सकेन ।

एल मुन्डोले दावी गरेका सर्तहरु यस प्रकार छन् ।

१. सम्झौता बढाउन : क्लबले मेस्सीसँग ३ वर्षको सम्झौता गर्नु पर्ने थियो ।

२. नविकरणका लागि धेरै फी : सम्झौता नवीकरणका लागि मेस्सीले १० मिलियन यूरो मागेका थिए । जुन मेस्सीको बार्षिक पाउने भन्दा छुट्टै थियो ।

३. रिलज क्लजको पैसा कम : बार्सिलोना छोड्नु पर्दा रिलिज क्लबका लागि १० हजार युरोमात्रै राख्न माग गरेका थिए । बार्सिलोनाले पहिलो सम्झौतामा यो रकम ७०० मिलियन यूरो राखेको थियो । अर्थात मेस्सीले सम्झौता तोडेको खण्डमा उनले क्लबलाई दिनु पर्ने थियो । यो रकम घटाएर जम्मा १० हजार युरो बनाउन मेस्सीले माग गरेका थिए ।

४. कटौती भएको रकम फिर्ता : कोभिड १९ का कारण बार्सिलोनाले मेस्सीसहित अन्य खेलाडीको फी कटौती गरेको थियो । मेस्सीले क्लबमा यदि बस्ने हो भने विगतमा कटौती गरेको फी को ३ प्रतिशत व्याज जोडेर फिर्ता दिनुपर्ने सर्त राखेका थिए ।

५. निजी विमान प्रयोग : मेस्सी र उनको परिवारले क्रिसमस छुट्टी मनाउन अर्जेन्टिना जाने र आउनका लागि क्लबले निजी विमानको व्यवस्था गर्नुपर्ने माग राखेका थिए ।

६. निजी बक्स : बार्सिलोनाको होम ग्राउन्डमा मेस्सी र अर्का खेलाडी लुईस सुवारेजको परिवारलाई निजी बक्स दिनुपर्ने र त्यो बक्समा उनीहरु बसेर म्याच हेर्न पाउनु पर्ने व्यवस्था गर्नुपर्ने सर्त थियो ।

७. कर क्लबले तिर्नुपर्ने : यदि स्पेनिस सरकारले आयकर बढाएमा मेस्सीलाई दिने फी क्लबले बढाउनु पर्ने र बढेको कर तिर्दा मेस्सीले आफूलाई कुनै पनि फी कम नहुने गरि सम्झौता गर्नुपर्ने सर्त राखेका थिए ।

८. निजी असिस्टेन्ट राख्न पाउनु पर्ने : मेस्सीले बार्सिलोनामा आफ्नै हिसाबवले निजी असिस्टेन्ट राखेका थिए । उनको नाम पेपे कोस्टा थियो । कोस्टाको पारिश्रमिक मेस्सीले नभइ बार्सिलोना क्लबले तिर्दै आएको थियो । तर कोभिड १९ का कारण निजी असिस्टेन्ट हटाएर क्लबको आर्थिक सुधार गर्ने अभियानमा बार्सिलोना रहेको थियो । तर यस्तोमा मेस्सीले कोस्टालाई निरन्तरता दिनुपर्ने सर्त राखेका थिए ।

९. भाइलाई कमिसन : मेस्सीका भाइ रोद्रिगोको कमिशन बढाउनु पर्ने शर्त थियो । रोद्रिगो फुटबल प्लेयर एजेन्ट पनि हुन् । उनी २०२०–२१ मा युवा खेलाडी अन्सु फाटीका एजेन्ट थिए ।

अखबारका अनुसार बार्सिलोना मेस्सीले राखेका ९ माग मध्य ७ वटा मागमा सहमत थियो ।  तर सम्झौता नविकरणका लागि १० मिलियन युरो र रिलिज  क्लज ७०० मिलियन यूरो घटाएर १० हजार बनाउने विषयमा सहमति नभएको हो । यति भएपछि मेस्सीले पेरिस सेन्ट जर्मेइन (पीएसजी) क्लबमा आवद्ध भएका थिए ।

Share
Tweet

RELATED ARTICLES

  • एन्फाको २०२५ क्यालेन्डर: साफ, आइपीएल र मैत्रीपूर्ण खेलहरू, नेपाली फुटबलको भविष्य कस्तो होला?

    10/05/2025

  • पीएसजीको रोमाञ्चक जित: आर्सनललाई हराउँदै च्याम्पियन्स लिग फाइनलमा, ट्रफी कसको हातमा?

    08/05/2025

  • इन्टर मिलानको रोमाञ्चक जित: बार्सिलोनालाई हराउँदै च्याम्पियन्स लिग फाइनलमा, ट्रफी कसको हातमा?

    07/05/2025

  • ट्रेण्ट अलेक्ज्यान्डर-आर्नोल्डको लिभरपुल छोड्ने निर्णय: नयाँ चुनौती खोज्दै, रियल मड्रिडको बाटो कति सहज?

    06/05/2025

  • चेल्सीको शानदार जित: लिभरपुललाई ३-१ ले हरायो, प्रिमियर लिगको च्याम्पियन्स लिग स्थान कसको हातमा?

    05/05/2025

  • बार्सिलोनाको रोमाञ्चक जित: भालाडोलिडलाई २-१ ले हरायो, ला लिगाको शीर्ष स्थानमा को पुग्ला?

    04/05/2025

BETTING TIPS

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

  • अस्ट्रेलिया बनाम भारत टी-२० विश्वकप: कोहलीको सामना र रोमाञ्चक भविष्यवाणीहरू

    24/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 13th August 2024)

    13/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.