• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » बहुप्रतीक्षित खेलमा सम्मानजनक प्रदर्शन

बहुप्रतीक्षित खेलमा सम्मानजनक प्रदर्शन

23/06/2023

वेस्ट इन्डिजसँग ५० ओभर खेल्नेक्रममा नेपाल २ बलअगाडि २ सय ३८ रनमा अलआउट
वेस्ट इन्डिजसँगको खेल बिहीबार नेपाली क्रिकेटका लागि सबैभन्दा बहुप्रतीक्षित थियो, त्यसमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकै सबैभन्दा ठूलो हार बेहोरेको छ । वेस्ट इन्डिजले विश्वकप छनोटमा बिहीबार नेपाललाई १ सय १ रनको हार चखायो ।

नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रियमा ३ अंकको रन अन्तरको हार बेहोरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएपछि वेस्ट इन्डिजले ७ विकेट गुमाई ३ सय ३९ रन बनाएपछि नै नेपाललाई लक्ष्य भारी परिसकेको थियो । हरारे स्पोर्ट्स क्लबमा ४९.४ ओभरमा २ सय ३८ रनमा अलआउट भएपछि नेपालले रनको हिसाबमा एकदिवसीय अन्तर्राष्ट्रियकै सबैभन्दा ठूलो हार बेहारेको हो ।

वेस्ट इन्डिजको यो लगातार दोस्रो विजय हो । टोलीले पहिलो खेलमा अमेरिकालाई ३९ रनले हराएको थियो । नेपालको तीन खेलमा यो दोस्रो हार हो । यद्यपि शनिबार हुने खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेमा नेपालको सुपर लिगमा प्रवेश गर्ने सम्भावना बलियो हुनेछ । नेदरल्यान्ड्सले बिहीबार नै भएको अर्को खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरी अंकतालिकामा नेट रनरेटको आधारमा नेपाललाई उछिनेको छ ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भयो । त्यसपछि अमेरिकामाथि नेपालले ६ विकेटको विजय पाएको थियो । लगातार तेस्रो हारपछि अमेरिका विश्वकप छनोटको समूह चरणबाटै बाहिरिने पहिलो राष्ट्र बनेको छ ।

वेस्ट इन्डिजको तीव्र बलिङसामु नेपाल सुरुआतदेखि नै दबिएर खेलेको थियो । कुशल भुर्तेललाई ५ रनमै अल्जारी जोसेफबाट बोल्ड भए । भीम सार्की स्कुप हान्ने चक्करमा २ रनमा छँदै जेसन होल्डरको बलमा आउट भए । ओपनर आसिफ शेखले २८ रन बनाए । उनले ३६ बल खेल्दै ३ चौका प्रहार गरेका थिए । कप्तान रोहित पौडेलले ३० रन जोडे । उनले ४३ बलमा ३ चौका प्रहार गरे । कुशल मल्ल २ रनमै आउट भए ।

दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए । उनले २० बल खेल्दा २ चौका र १ छक्का प्रहार गरे । आरिफ शेख र गुलशन झाले सातौं विकेटमा ६८ रनको साझेदारी गर्दै नेपाललाई २ सय रनको नजिक पुर्‍याएका थिए । गुलशनले ५८ बल खेलेर ५ चौका र १ छक्कासहित ४२ रन बनाए । सन्दीप लामिछाने १ रनमै आउट भए ।

आसिफले ६३ रन जोडे । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको छैटौं अर्धशतक हो । उनले ९३ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । करण केसी आउट हुने अन्तिम खेलाडी थिए । उनले २७ बल खेल्दै ४ चौका र १ छक्कासहित २८ रन जोडेका थिए । ललित राजवंशी १ बल खेले, रनविहीन अविजित रहे ।

वेस्ट इन्डिजका लागि होल्डरले ३ विकेट लिए । उनले १० ओभरमा ३४ रनमात्र खर्चे । जोसेफले १० ओभरमा ४५, अकिल होसेनले १० ओभरमा १ मेडन राख्दै ४९ र किमो पाउलले १० ओभरमा १ मेडन राख्दै ६३ रन खर्चेर २–२ विकेट लिए ।

यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई ३ सय ३९ रन बनाएको थियो । कप्तान साई होप र निकोलस पुरनले सानदार शतक बनाएपछि वेस्ट इन्डिजले विशाल स्कोर बनाएको थियो । यी दुईले चौथो विकेटमा २ सय १६ रनको साझेदारी गरेका थिए ।

पुरनले १ सय १५ र होपले १ सय ३२ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा पुरनको यो दोस्रो र होपको १६ औं शतक हो । ९४ बल खेलेका पुरनले १० चौका र ४ छक्का प्रहार गरे । उनले ३ र ५३ रनमा जीवनदान पाएका थिए । दुवै पटक आसिफले उनको क्याच फुत्काउन पुगेका थिए । दीपेन्द्रले आफ्नै बलमा सानदार क्याच लिई पुरनलाई आउट गरेपछि बलियो साझेदारी तोडिएको थियो ।

होपले १ सय २९ बल खेल्दै १२ चौका र ३ छक्का प्रहार गरे । रोभमन पावेल १४ बलमा २९ र किमो पाउल १ रनमा आउट भए । जेसन होल्डर १० बलमा २ चौकासहित १६ रनमा अविजित रहे । यसअघि नेपालले बलिङमा सानदार सुरुआत गरेको थियो । करणले नेपालको दोस्रो तथा आफ्नो पहिलो ओभरमै केयल मेयर्सलाई कुशलको हातबाट सानदार क्याच गराएका थिए । पाँचौं ओभरमा जोन्सन चार्ल्सलाई गुलशनले शून्यमा आउट गरेका थिए ।

ब्रेन्डन किङलाई ३२ रनमा सन्दीपले बोल्ड गरेपछि वेस्ट इन्डिज १६ औं ओभरमा ५५–३ को स्थितिमा पुगेको थियो । नेपालबाट ललितले ३ विकेट लिए । खेलको पहिलो ओभर लिएर आएका उनले १० ओभरमा ५२ रन खर्चे । करण, गुलशन, सन्दीप र दीपेन्द्रको नाममा १–१ विकेट रह्यो ।

करण महँगा

  • वेस्ट इन्डिजले नेपालविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान बनाएको छ । वेस्ट इन्डिजले ३३९–७ को स्कोर बनाएको थियो । मार्चमा यूएईले विश्वकप लिग २ को खेलमा नेपालविरुद्ध कीर्तिपुरमा ३१०–६ को स्कोर बनाएको थियो ।
  • करण केसीले वेस्ट इन्डिजविरुद्ध १० ओभरमा ८१ रन खर्चेका थिए । नेपाली बलरले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा बढी रन खर्चेको नकारात्मक कीर्तिमान करणले बराबरी गरेका छन् । गत वर्ष पपुवा न्युगिनीविरुद्ध सोमपाल कामीले कीर्तिपुरमा ९ ओभरमा८१ रन नै खर्चेका थिए ।
  • वेस्ट इन्डिजसँग भोगेको १ सय १ रनको हार एकदिवसीय अन्तर्राष्ट्रियमा रन अन्तरको हिसाबमा नेपालको सबभन्दा ठूलो हार हो । गत वर्ष लिग २ मा यूएईविरुद्ध दुबईमा भोगेको ९९ रनको हार यसअघिको ठूलो थियो । उक्त खेलमा २ सय ३ रनको लक्ष्य लिएर आएको नेपाल १ सय ३ रनमा अलआउट भएको थियो ।
Share
Tweet

RELATED ARTICLES

  • नेपालको क्रिकेट सपना: सिङ्गापुरसँग उपाधि भिडन्त, के तपाईं तयार हुनुहुन्छ?

    04/07/2025

  • जुवा र खेलकुदको रोमाञ्चक संसार: क्रिकेट र फुटबल सट्टेबाजीको मजा लिनुहोस्!

    03/07/2025

  • नेपालको ऐतिहासिक जित: इन्डोनेसियामाथि ३७० रनको फराकिलो विजय, के तपाईं क्रिकेट र सट्टेबाजीको रोमाञ्चमा सामेल हुनुहुन्छ?

    01/07/2025

  • क्रिकेटको रोमाञ्चक जित: अस्ट्रेलियाको शानदार प्रदर्शनले तहल्का! 🏏

    28/06/2025

  • सन्दीपको छलाङले नेपालको गर्व: क्रिकेट र जुवाको रोमाञ्चक संसार!

    26/06/2025

  • क्रिकेटको रोमाञ्च: भारतको ९६ रनको अग्रता, के तपाईं तयार हुनुहुन्छ?

    23/06/2025

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.