• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » फिफा विश्वकपमा सर्वाधिक गोलकर्ता खेलाडीको सूचीमा को को?

फिफा विश्वकपमा सर्वाधिक गोलकर्ता खेलाडीको सूचीमा को को?

29/07/2022

कतारमा हुने फिफा विश्वकप २२ औं विश्वकप हो । फिफाले आधिकारिक रुपमा फिफा विश्वकपको आयोजना पहिलो पटक सन् १९३० मा आयोजना गरेको थियो । सन् २०१८ को विश्वकपसम्म ब्राजिल सर्वाधिक ५ पटक विश्व च्याम्पियन बनेको छ । उसलाई पछ्याउने क्रममा इटाली र जर्मनीले समान ४–४ पटक च्याम्पियन बनेका छन् ।

त्यस्तै अर्जेटिना, फ्रान्स र उरुग्वेले दुई दुई पटक विश्वकपको उपाधि जितेका छन् भने इंग्ल्याण्ड र स्पेनले एक एक पटक विश्वकपको उपाधि उचालेका छन् । त्यस्तैमा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी जर्मनीका मिलोस्लाभ क्लोज रहेको छन् । उनले १६ गोल गरेका छन् ।

कुन विश्वकपमा कुन खेलाडीले सर्वाधिक गोल गरे । त्यस विषयमा कुरा गर्नेछौं ।

१) सन् १९३० विश्वकप

फिफा विश्वकपको पहिलो संस्करण उरुग्वेमा भएको थियो । सन् जुलाई १३ देखि ३० उरुग्वेमा भएको विश्वकपको उपाधि घरेलुु टोली उरुग्वेले जितेको थियो । १३ टोलीको सहभागिता रहेको सो विश्वकपको उपविजेता अर्जेटिना भएको थियो । सो विश्वकपमा ७० गोल भएको थियो । अर्जेटिनाको खेलाडी गुइलेर्मो स्टेबिलले सर्वाधिक आठ गोल गरेका थिए। उनले चार खेल खेल्दै आठ गोल गरेका हुन् ।

२) सन् १९३४ विश्वकप

फिफा विश्वकपको दोस्रो संस्करण सन् १९३४ को मे २७ देखि जुन १० सम्म इटालीमा भएको हो । कुल १६ टोलीको सहभागिता रहेको विश्वकपको उपाधि आयोजक टोली इटालीले जितेको थियो । उसले फाइनलमा चेकोस्लाभियालाई फाइनलमा २–१ गोलले पराजित गर्दै उपाधि घरमा नै राख्न सफल भएको हो । प्रतियोगितामा ७० गोल भएको थियो । चेकोस्लाभियाको वल्ड्रीच नेजेड्ली सन् १९३४ को विश्वकपमा सर्वाधिक पाँच गोल गरेका छन् ।

३) सन् १९३८ विश्वकप
फ्रान्समा सन् १९३८ को जुन ४ देखि १९ सम्म भएको विश्वकपको उपाधि डिफेन्डीङ च्याम्पियन इटालीले रक्षा गरेको थियो । उसले फाइनलमा हंगेरीलाई ४–२ गोलले पराजित गर्दै उपाधी रक्षा गरेको हो । १५ टोलीको सहभागिता रहेको विश्वकपमा १८ खेलमा ८४ गोल भएको थियो । यस विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी ब्राजिलका लियोनिदास डि सिल्भा रहेका छन् । उनले ७ गोल गरेका थिए ।

४) १९५० को विश्वकप
सन् १९३८ को विश्वकपपछि दोस्रो विश्वयुद्ध भएको कारणले गर्दा विश्वकपको आयोजना गर्न सम्भव थिएन् । विश्वपुद्ध सकिएपछि सन् १९५० मा विश्वकपको आयोजना गरिएको थियो । सन् १९५० को जुन २४ देखि जुलाई १६ सम्म विश्वकपको आयोजना ब्रजिलले पहिलो पटक गरेको थियो । कुल १३ टोलीको सहभागिता रहेको विश्वकपको उपाधि उरुग्वेले दोस्रो पटक जितेको थियो । उसले फाइनलमा आयोजक ब्राजिललाई फाइनलमा २–१ गोलले पराजित गरेको थियो । सो विश्वकपमा ब्राजिलियन खेलाडी माक्युस एडिमिरले सर्वाधिक नौ गोल गरेका थिए ।

५) सन् १९५४ को विश्वकप
सन् १९५४को जुन १६ देखि जुलाई ४ सम्म पाँचौ विश्वकपको आयोजना पहिलो पटक स्वीजरल्याण्डले गरेको थियो । कुल १६ टोलीको सहभागिता रहेको विश्वकपको उपाधि पहिलोपटक जर्मनीले जितेको थियोे । जर्मनीले फाइनलमा हंगेरीलाई  ३–२ गोलले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगिता अवधिभर कुल १४० गोल भएको थियो । हंगेरीका सान्डोर कोशिसले सर्वाधिक ११ गोल गरेका थिए ।

६) सन् १९५८ को विश्वकप
सन् १९५८को जुन ८ देखि २९ सम्म छैटौं विश्वकपको आयोजनास्वीडेनले गरेको थियो । कुल १६ टोलीको सहभागिता रहेको विश्वकपको उपाधि पहिलोपटक ब्राजिलले जितेको थियोे । ब्राजिलले फाइनलमा आयोजक स्वीडेनलाई  ५–२ गोलको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगिता अवधिभर कुल १२६ गोल भएको थियो । फ्रान्सका जस्ट फोन्टेनले सर्वाधिक १३गोल गरेका थिए । यो नै विश्वकपमा कुनै संस्करणमा एक खेलाडीले गरेको सर्वाधिक गोल रहेको छ ।

७) सन् १९६२ को विश्वकप

सन् १९६२को मे ३० देखि जुन१७ सम्म सातौं विश्वकपको आयोजना चिलिले गरेको थियो । कुल १६ टोलीको सहभागिता रहेको विश्वकपको उपाधि डिफेन्डिङ च्याम्पियन ब्राजिल रक्षा गरेको थियोे । ब्राजिलले फाइनलमा चेकोस्लोभाकियालाई  ३–१ गोलले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगिता अवधिभर कुल ८९ गोल भएको थियो । यस संस्करणको विश्वकपमा ६ खेलाडीले सर्वाधिक चार चार गोल गरेका थिए । ब्राजिलका गारिन्चा र भाभा, चिलिका लियोनल सान्चेज, हंगेरीका फ्लोरेन अल्र्बट, रसियाका भ्यालेन्टीन इभानोभ र युगोस्लाभियाका ड्राजन जर्कोभिकले समान चार गोल गरेका थिए ।

८) सन् १९६६को विश्वकप

सन् १९६६ को जुलाई ११ देखि ३० सम्म आठौं विश्वकपको आयोजना पहिलो पटक इंग्ल्याण्डले गरेको थियो । कुल १६ टोलीको सहभागिता रहेको विश्वकपको उपाधि पहिलोपटक आयोजक इंग्ल्याण्डले जितेको थियोे । इंग्ल्याण्डले फाइनलमा जर्मनीलाई  ४–२ गोलले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगिता अवधिभर कुल ८९ गोल भएको थियो । पोर्चुगलका युसेवियो डा सिल्भाले सर्वाधिक ९ गोल गरेका थिए ।

९) सन् १९७० को विश्वकप
सन् १९७० को मे ३१ देखि जुन २१ सम्म नवौं विश्वकपको आयोजना पहिलो पटक मेक्सिकोले गरेको थियो । कुल १६ टोलीको सहभागिता रहेको विश्वकपको उपाधि ब्राजिलले तेस्रो जितेको थियोे । ब्राजिलले फाइनलमा इटालीलाई  ४–१ गोलले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगिता अवधिभर ५५ खेलाडीले कुल ९५ गोल भएको थियो । जर्मनीका गर्ड मुलरले सर्वाधिक १० गोल गरेका थिए ।

१०) सन् १९७४ को विश्वकप
सन् १९७४ को जुन १३ देखि जुलाई ७ सम्म दसौंं विश्वकपको आयोजना पहिलो पटक जर्मनीले गरेको थियो । कुल १६ टोलीको सहभागिता रहेको विश्वकपको उपाधि आयोजक जर्मनीले दोस्रो पटक जितेको थियोे । जर्मनीले फाइनलमा नेदरल्याण्डलाई  २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगिता अवधिभर ५३ खेलाडीले कुल ९७ गोल भएको थियो । पोल्याण्डका जजीगोर्ज लाटोले सर्वाधिक ७ गोल गरेका थिए ।

११) सन् १९७८ को विश्वकप
सन् १९७८ को जुन १ देखि २५ सम्म एघारौंं विश्वकपको आयोजना पहिलो पटक अर्जेटिनाले गरेको थियो । कुल १६ टोलीको सहभागिता रहेको विश्वकपको उपाधि आयोजक अर्जेटिनाले पहिलो पटक जितेको थियोे । अर्जेटिनाले फाइनलमा नेदरल्याण्डलाई  ३–१ गोलले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगिता अवधिभर ६२ खेलाडीले कुल १०२ गोल भएको थियो । अर्जेटिनाका मारियो केम्पेसले सर्वाधिक ६ गोल गरेका थिए ।

१२) सन् १९८२ को विश्वकप
सन् १९७८ को जुन १३ देखि जुलाई ११ सम्म बार्‍हौंं विश्वकपको आयोजना पहिलो पटक स्पेनले गरेको थियो । यस पटक सहभागि हुने टोलीको संख्या १६ बाट २४ पुर्‍याइएको थियो । कुल २४ टोलीको सहभागिता रहेको विश्वकपको उपाधि इटालीले तेस्रो पटक जितेको थियोे । इटालीले फाइनलमा जर्मनीलाई  ३–१ गोलले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगिता अवधिभर एक सय खेलाडीले कुल १४६ गोल भएको थियो । विश्वविजेता इटालीका पाउलो रोसीले सर्वाधिक ६ गोल गरेका थिए ।
१३) सन् १९८६ को विश्वकप
सन् १९८६ को मे३१ देखि जुन २९ सम्म तेर्‍ह्राैं विश्वकपको आयोजना मेक्सिकोले दोस्रो पटक गरेको थियो । कुल २४ टोलीको सहभागिता रहेको विश्वकपको उपाधि आयोजक अर्जेटिनाले दोस्रो पटक जितेको थियोे । अर्जेटिनाले फाइनलमा जर्मनीलार्ई  ३–२ गोलले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको हो । प्रतियोगिता अवधिभर ८२ खेलाडीले कुल १०२ गोल भएको थियो । इंग्ल्याण्डका ग्यारी लिनेकेरले सर्वाधिक ६ गोल गरेका थिए ।

१४) सन् १९९० को विश्वकप
सन् १९९० को जुन ८ देखि जुलाई ८ सम्म विश्वकपको १४ औं संस्करण इटालीले दोस्रो पटकआयोजना गरेको थियो । कुल २४ टोलीको सहभागिता रहेको विश्वकपको उपाधि जर्मनीले तेस्रो पटक जितेको थियोे । जर्मनीले फाइनलमा अर्जेटिनालाई  १–० गोलले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगिता अवधिभर ७५ खेलाडीले कुल ११५ गोल भएको थियो । इटालीका साल्भाटोर शिलाचीले सर्वाधिक ६ गोल गरेका थिए ।

१५) सन् १९९४ को विश्वकप
सन् १९९४ को जुन १७ देखि जुलाई १७ सम्म विश्वकपको १५ औं संस्करण अमेरिकाले पहिलो पटकआयोजना गरेको थियो । कुल २४ टोलीको सहभागिता रहेको विश्वकपको उपाधि ब्राजिलले चौथो पटक जितेको थियोे । ब्राजिलले फाइनलमा इटालीलाई  पेनाल्टीमा ३–२ गोलले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगिता अवधिभर ८१ खेलाडीले कुल १४१ गोल गरेका थिए । यस विश्वकपमा दुई खेलाडीले सर्वाधिक ६ गोल गरेका थिए । बुल्गेरियाका हिस्ट्रो स्टोइच्कोभ र रसियाका ओलेग सालेन्कोले समान छ गोल गरेका थिए ।

१६) सन् १९९८ को विश्वकप
सन् १९९८ को जुन १० देखि जुलाई १२ सम्म विश्वकपको १६ औं संस्करण फ्रान्सले दोस्रो पटकआयोजना गरेको थियो । यस संस्करणको विश्वकपमा सहभागि हुने टोलीको संख्या २४ बाट ३२ मा पुर्‍याइएको थियो । कुल ३२ टोलीको सहभागिता रहेको विश्वकपको उपाधि आयोजक फ्रान्सले पहिलो पटक जितेको थियोे । फ्रान्सले फाइनलमा चार पटकको विश्वच्याम्पियन ब्राजिललाई हराउदै पहिलो पटक उपाधि उचालेको हो । उसले फाइनलमा ब्राजिललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगिता अवधिभर ११२ खेलाडीले कुल १७१ गोल गरेका थिए । क्रोशियाका डेभोर सुकरले सर्वाधिक छ गोल गरेका थिए ।

१७) सन् २००२ को विश्वकप
सन् २००२ को मे ३१ देखि जुन ३० सम्म विश्वकपको १७ औं संस्करण पहिलो पटक एशियामा आयोजना भएको थियो । एशियाली राष्ट्र जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेका थिए । कुल ३२ टोलीको सहभागिता रहेको विश्वकपको उपाधि ब्राजिलले पाँचौं पटक जितेको थियोे । ब्राजिलले फाइनलमा जर्मनीलाई  २–० गोलले पराजित गर्दै पाँचौं पटक उपाधि जितेको हो । प्रतियोगिता अवधिभर १०९ खेलाडीले कुल १६१ गोल गरेका थिए । फाइनलमा ब्राजिललाई दुई गोल गरेर उपाधि जिताएका रोनाल्डोले प्रतियोगिता अवधिभर सर्वाधिक आठ गोल गरेका थिए ।

१८) सन् २००६ को विश्वकप
सन् २००६ को जुन ९ देखि जुलाई ९ सम्म विश्वकपको १८ औं संस्करण जर्मनीले दोस्रो पटकआयोजना गरेको थियो । कुल ३२ टोलीको सहभागिता रहेको विश्वकपको उपाधि इटालीले चौथो पटक जितेको थियोे । फाइनलमा फ्रान्सलार्ई  पेनाल्टी सुटआउटमा ५–३ गोलले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगिता अवधिभर ११० खेलाडीले कुल १४७ गोल गरेका थिए । यस विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी जर्मनीका मिलोस्लाभ क्लोज बने । उनले पाँच गोल गरेका थिए ।

१९) सन् २०१० को विश्वकप
सन् २०१० को जुन ११ देखि जुलाई ११ सम्म विश्वकपको १९ औं संस्करण दक्षिण अफ्रिकाले पहिलो पटकआयोजना गरेको थियो । कुल ३२ टोलीको सहभागिता रहेको विश्वकपको उपाधि स्पेनले पहिलो पटक जितेको थियोे । स्पेनले फाइनलमा नेदरल्याण्डलाई  अतिरिक्त समयमा १–० गोलले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगिता अवधिभर ९८ खेलाडीले कुल १४५ गोल गरेका थिए । जर्मनीका थोमस मुलर, नेदरल्याण्डका वेस्ले स्नाइडर, स्पेनका डेभिड भिल्ला र उरुग्वेको डिएगो फोर्लानले समान पाँच पाँच गोल गरेका छन् ।

२०) सन् २०१४ को विश्वकप
सन् २०१४ को जुन १२ देखि जुलाई १३ सम्म विश्वकपको २० औं संस्करण ब्राजिलले दोस्रो पटकआयोजना गरेको थियो । कुल ३२ टोलीको सहभागिता रहेको विश्वकपको उपाधि जर्मनीले चौथौं पटक जितेको थियोे । फाइनलमा अर्जेटिनालाई   अतिरिक्त समयमा १–० गोलले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगिता अवधिभर १२१ खेलाडीले कुल १७१ गोल गरेका थिए । कोलम्बियाका जेम्स रोड्रिगेजले सर्वाधिक सात गोल गरेका थिए ।

२१) सन् २०१८ को विश्वकप
सन् २०१८ को जुन १४ देखि जुलाई १५ सम्म विश्वकपको २१ औं संस्करण रसियाले पहिलो पटकआयोजना गरेको थियो । कुल ३२ टोलीको सहभागिता रहेको विश्वकपको उपाधि फ्रान्सले दोस्रो पटक जितेको थियोे । फाइनलमा क्रोसियालाई   अतिरिक्त समयमा ४–२ गोलले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगिता अवधिभर ११० खेलाडीले कुल १६९ गोल गरेका थिए । इंग्ल्याण्डको खेलाडी ह्यारी केनले सर्वाधिकछ गोल गरेका थिए ।

Share
Tweet

RELATED ARTICLES

  • पीएसजीको रोमाञ्चक जित: आर्सनललाई हराउँदै च्याम्पियन्स लिग फाइनलमा, ट्रफी कसको हातमा?

    08/05/2025

  • इन्टर मिलानको रोमाञ्चक जित: बार्सिलोनालाई हराउँदै च्याम्पियन्स लिग फाइनलमा, ट्रफी कसको हातमा?

    07/05/2025

  • ट्रेण्ट अलेक्ज्यान्डर-आर्नोल्डको लिभरपुल छोड्ने निर्णय: नयाँ चुनौती खोज्दै, रियल मड्रिडको बाटो कति सहज?

    06/05/2025

  • चेल्सीको शानदार जित: लिभरपुललाई ३-१ ले हरायो, प्रिमियर लिगको च्याम्पियन्स लिग स्थान कसको हातमा?

    05/05/2025

  • बार्सिलोनाको रोमाञ्चक जित: भालाडोलिडलाई २-१ ले हरायो, ला लिगाको शीर्ष स्थानमा को पुग्ला?

    04/05/2025

  • म्यानचेस्टर सिटीको रोमाञ्चक जित: वल्भ्सलाई १-० ले हरायो, प्रिमियर लिगको शीर्ष स्थानमा को पुग्ला?

    04/05/2025

BETTING TIPS

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

  • अस्ट्रेलिया बनाम भारत टी-२० विश्वकप: कोहलीको सामना र रोमाञ्चक भविष्यवाणीहरू

    24/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 13th August 2024)

    13/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.