नोभेम्बर २० मा कतारमा सुरु हुने विश्वकप किक अफ हुनुअघि विश्वकप ट्रफी अन्ततः कतारमा पुगेको छ ।
यस वर्षको विश्वकपका लागि छनोट भएका सबै ३२ राष्ट्रहरूको भ्रमणपछि ट्रफीलाई कतारमा अनावरण गरिएको थियो।
कतार विश्वकपमा इटालीले स्थान बनाउन सकेको छैन तर पनि एक इटाली परिवारले कतारमा इटालीको प्रतिनिधित्व गर्नेछ । यो परिवारले हरेका विश्वकपमा आयोजक देशको भ्रमण गर्ने गरेको छ । यो चलन ५० वर्ष भन्दा अघिदेखि चलिआएको छ ।
मिलानका एक कलाकार सिल्भियो गज्जानिगाले १९७१ मा विश्वकपको प्रख्यात ट्रफीका बनाएका थिए । उनले ट्रफि ब्राजिलले तीन पटक प्रतियोगिता जितेर पहिलाको ट्रफी राख्न फिफाले अनुमति दिइएपछि हाल चलनचल्तिमा रहेको विश्वकपको ट्रफि बनाएका हुन् ।
अहिलेको विश्वकपको ट्रफि १८ क्यारेट सुनले बनेको छ । यसको उचाई ३७ सेन्टिमिटर (१४ इन्च) भन्दा कम रहेकोे छ र तौल ६ किलो (१३ पाउण्ड) भन्दा बढी रहेको छ । यसले विश्वलाई उचाइमा समातेर दुई मानव आकृतिहरू चित्रण गर्दछ।
यो निमार्ण गर्दाको समयमा यसको लागत लगभग ५० हजार अमेरिकि डलर रहेको थियो तर हाल यसको मूल्य लगभग २० मिलियन अमेरिकि डलर मानिन्छ ।
फिफाको तेस्रो अध्यक्ष जुल्स रिमेटको नामबाट अहिलेको विश्वकपको ट्रफि नामाकरण गरिएको छ । उनले पहिलो विश्वकपमा गरेको योगदानको सम्मान स्वरुप यो ट्रफिलाई जुल्स रिमेट ट्रफी नाम दिइएको छ ।
यो प्रतिष्ठित ट्रफी बनाएका कालीगढ गज्जानिगाकाे परिवरले ट्रफी बनाउने अधिकार राख्दछ ।