फर्गुसनको ह्याट्रिकले दिलायो न्युजिल्याण्डलाई रोमाञ्चक जित: श्रीलंकासँगको सिरिजमा बराबरी
न्युजिल्याण्डका स्टार बलर लकी फर्गुसनको ह्याट्रिकको प्रदर्शनले पाहुना टोली न्युजिल्याण्डलाई रोमाञ्चक जित दिलाएको छ। आइतवार सम्पन्न दोस्रो टि ट्वान्टी आई खेलमा श्रीलंकालाई ५ रनले पराजित गर्दै, न्युजिल्याण्डले दुई खेलको सिरिजलाई १-१ को बराबरीमा पुर्याएको हो। यो जितले क्रिकेटप्रेमीहरूमा विशेष उत्साह थपेको छ, र सट्टेबाजीमा रुचि राख्नेहरूको लागि पनि चासोको विषय बनेको छ।
१९ ओभर ५ बलसम्म श्रीलंकाले १ सय ९ रनको सामान्य लक्ष्य पछ्याउँदै १ सय ३ रनमै समेटियो। श्रीलंकाका ओपनर पथुम निशंकाले ५१ बलमा ५२ रन बनाउँदै टिमलाई जिततर्फ लैजाने प्रयास गरे, तर फर्गुसनको ह्याट्रिकले खेलको पासा पल्टाइदियो। छैठौं ओभरको अन्तिम बलमा कुशल परेरालाई आउट गर्दै ह्याट्रिकको सुरुवात गरेका फर्गुसनले सातौं ओभरको पहिलो दुई बलमै कमिन्डु मेन्डिस र कप्तान चरिथ असलंकालाई आउट गर्दै ह्याट्रिक पूरा गरे।
यो ह्याट्रिकसँगै फर्गुसन न्युजिल्याण्डका लागि ह्याट्रिक लिने छैठौं खेलाडी बनेका छन्। खेलको अन्तिम ओभरमा ग्लेन फिलिप्सले पनि उत्कृष्ट बलिङ गर्दै श्रीलंकालाई ८ रन बनाउनबाट रोक्न सफल भए, जसले जित न्युजिल्याण्डको पोल्टामा पर्न सहयोग गर्यो। फिलिप्सले अन्तिम ओभरमा मात्र ३ विकेट लिएर आफ्नो नाममा कीर्तिमान राखे। माइकल ब्रेसवेलले २ तथा मिचेल स्यान्टनरले १ विकेट लिएका थिए।
पहिले ब्याटिङ गर्दै न्युजिल्याण्डले १९.३ ओभरमा अल आउट हुँदै १ सय ८ रनको योगफल बनाएको थियो। न्युजिल्याण्डका विल योंगले ३२ बलमा ३० रन, जोस काल्र्कसनले २५ बलमा २४ रन र कप्तान मिचेल स्यान्टनले २४ बलमा १९ रन जोडेका थिए। श्रीलंकाका बलर वानिन्दु हसरंगाले ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे।
अब, न्युजिल्याण्ड र श्रीलंकाबीच बुधवारदेखि ३ खेलको ओडिआई सिरिज सुरु हुनेछ। क्रिकेट, खेलकुद, र सट्टेबाजीमा ताजा अपडेटहरूका लागि sartplay.com, sart88.com, र sart-news.com मा नजर राख्नुहोस्।