इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।
शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले साउथ ह्याम्पटनमाथि १–० गोलको झिनो जीत दर्ता गर्न सफल भयो ।
घरेलु मैदानमा साउथ ह्याम्पटनले पहिलो हाफ युनाइटेडलाई गोलरहित बराबरीमा रोकेको थियो ।
५५ औं मिनेटमा ब्रुनो फर्नान्डोले गोल गरेपछि युनाइटेडले अग्रता दिलाएका थिए ।
उनले डिएगो डालोटको सहयोगमा गोल गरेका थिए ।
गोलपछि म्यानचेस्टर युनाइटेडले ४ खेलबाट ६ अंक बनाएको छ ।
युनाइटेड तालिकाको छैटौं स्थानमा छ ।
पराजित भएको साउथ ह्याम्पटन ४ खेलबाट ४ अंकका साथ १३ औं स्थानमा छ ।