• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » पोल्यान्डले साउदी अरेबियालाई हरायो

पोल्यान्डले साउदी अरेबियालाई हरायो

27/11/2022

फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी को खेलमा पोल्यान्डले साउदी अरेबियालाई पराजित गरेको छ ।

एजुकेसन सिटी रंगशालामा शनिबार पोल्यान्डले दुवै हाफमा १-१ गोल गर्दै २-० को जित दर्ता गर्यो । पोल्यान्डको जितमा पिटर जिलेन्स्की र रोबर्ट लेवान्डोस्कीले १-१ गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टी चुकाउनु साउदीका लागि महँगो सावित भयो । खेलमा तुलनात्मक रूपमा बढी आक्रमण गरेपनि अवसर सदुपयोग गर्न नसक्दा साउदी पराजित हुन पुग्यो ।

खेलको १३ अ‍ौं मिनेटमा साउदीको अग्रतासामु पोल्यान्डका गोलरक्षक वजसिएक सेचेज्नी बाधक बने । मोहमद कानोले पेनाल्टी क्षेत्र भित्रबाट पहिलो टचमै गरेको शक्तिशाली प्रहार सेचेज्नीले उत्कृष्ट बचाउ गरे ।

खेलको ४० अ‍ौं मिनेटमा पोल्यान्डले पिटर जिलेन्स्कीको गोलमा अग्रता लियो । रोबर्ट लेवान्डस्कीले पेनाल्टी क्षेत्र भित्रबाट दिएको पासलाई जिलेन्स्कीले गोल गरेका थिए । गोलरक्षक बाहिर निस्केको अवस्थामा उनलाई बिट गर्दै जिलेन्स्कीलाई पास दिएका थिए ।

४४ अ‍ौं मिनेटमा साउदीले पेनाल्टीमार्फत खेलमा फर्कने अवसर पायो । भिडियो एसिसेन्ट रेफ्रीले अल शेहरीलाई पेनाल्टी क्षेत्र भित्र लडाएको फलमा पेनाल्टी दिएका थिए । तर साउदीका लागि सलेम अल दोसारीले पेनाल्टी चुकाएछि रिबाउन्डमा मोहमद अल्बुरेकले अवसर सदुपयोग गर्न सकेनन् । गोलरक्षक सेचेज्नीले पेनाल्टी विफल पार्दै रिबाउन्डमा आएको प्रहारलाई पनि बाहिर पठाए ।

दोस्रो हाफमा पनि साउदीले पहिलो हाफझैं आक्रामक दबाब कायम राख्यो ‌‌। ५५ अ‍ौं मिनेटमा टोलीले अवसर पनि पाएको थियो तर पुन: सेचेज्नी बाधक बने । पेनाल्टी क्षेत्र भित्र दुवै टोलीको खेलाडीबीच भिडभाडमा प्रहार हुँदा सेचेज्नीले कठिन बचाउ गरे । त्यसको केहिबेरमा नै साउदीले एक मिनेटको अन्तरमा दुई अवसर सदुपयोग गर्न सकेन ।

६३ अ‍ौं मिनेटमा पोल्यान्डका अर्काडियुस्ज मिलिकको हेडर क्रसबारमा लागेर फर्कियो । प्रेम्स्ला फ्रान्कोस्कीको क्रसमा ६ यार्ड बक्सनजिक अनमार्क रहेका मिलिकको हेडर गोलरक्षकले बचाउन नसकेपनि बारमा लागेर फर्केको थियो । लगत्तै अर्को आक्रमणमा कप्तान रोबर्ट लेवान्डोस्कीको प्रहार पनि पोस्टमा लागेर फर्कियो ।

७८ अ‍ौं मिनेटमा साउदी खेल बराबरी गर्नबाट केहि इन्चले चुक्यो । अब्दुलेला अलमाल्कीले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक सेचेज्नी कटेर पोस्टनजिकबाट बाहिरियो ।

एकातर्फ गोल गर्न चुकेका अलमाल्की अर्कोतर्फ पोल्यान्डको गोलमा खलनायक बने । पेनाल्टी क्षेत्र अघि लेवान्डोस्कीले उनैबाट बल खोसेर वन भर्सेस वनको अवस्थामा गोल गर्दै अग्रता दोब्बर पारे । उनले विश्वकपमा पहिलो गोल गर्ने क्रममा संयमित फिनिस गरे ।

९० अ‍ौं मिनेटमा लेवान्डोस्की दोस्रो गोलनजिक पुगेका थिए । एकल प्रयासमा डिफेन्डरलाई बिट गर्दै वन भर्सेस वनमा गोलरक्षक पार गरेका उनको फितलो प्रहार सुल्तान अलघानामले गोललाइनबाट क्लियर गरिदिए ।

यस नतिजासँगै समूहको नकआउट चरणमा पुग्ने समिकरण थप रोमान्चक बनेको छ । हालसम्म पोल्यान्डले ४, साउदी अरेबियाले ३ र मेक्सिकोले १ अंक जोडेका छन् । अर्जेन्टिनाले अंक जोडेको छैन । आजै अर्जेन्टिना र मेक्सिको पनि भिड्नेछन् ।

Share
Tweet

RELATED ARTICLES

  • विश्वविजेता टोलीलाई अर्जेन्टिनामा भव्य स्वागत

    21/12/2022

  • पिएसजी पुगेलगत्तै विश्व च्याम्पियन बनेका स्टारहरु

    21/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

  • मेस्सी – फुटबल कर्मले सर्वमान्य महान

    19/12/2022

  • मेस्सी विश्वकपकै सर्वोत्कृष्ट

    19/12/2022

  • एमबाप्पेलाई विश्वकपको गोल्डेन बुट

    19/12/2022

BETTING TIPS

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

  • अस्ट्रेलिया बनाम भारत टी-२० विश्वकप: कोहलीको सामना र रोमाञ्चक भविष्यवाणीहरू

    24/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 13th August 2024)

    13/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.