कतारमा १८ डिसेम्बरमा सम्पन्न विश्वकप फुटबलमा फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । हारपछि फ्रान्सका खेलाडीहरु सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन् । उनीहरुमाथि जातिय टिकाटिप्पणी भइरहेको छ । फ्रान्स फुटबल महासंघले यस्ता व्यक्तिलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । यसैबीच, धेरै फ्रान्सेली राजनीतिज्ञहरूले पनि यसको आलोचना गरेका छन्।
पेनाल्टी सुटआउटमा अर्जेन्टिना ४–२ ले विजयी भएको थियो । यसअघि निर्धारित समयसम्म दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । त्यसपछि खेल अतिरिक्त समयमा गएको थियो । सो समयमा पनि दुवै टोलीले १–१ गोल गरेका थिए । यसरी खेल ३–३ को बराबरीमा सकियो । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । फ्रान्सका लागि पेनाल्टी सुटआउटमा केलियन एमबाप्पे र रान्डल कोलो मुआनीले गोल गरे । जबकि किङ्स्ले कोमन र ओरेलियन चौमेनीले गोल गर्न सकेनन् ।
फ्रान्स फुटबल फेडेरेसनले आफ्नो सामाजिक सञ्जालबाट फ्रान्सेली टोलीका धेरै खेलाडीलाई सामाजिक सञ्जालमा जातिय टिप्पणीको शिकार भएको बताएको छ । महासंघ यसको निन्दा गर्दछ । यो पटक्कै सहने छैन । महासंघले त्यस्ता व्यक्तिविरुद्ध उजुरी दिनेछ ।
खेलाडीलाई यसरी निशाना बनाइयो
फुटबल खेलाडीलाई यसरी निशाना बनाइएको यो पहिलो पटक होइन । यसअघि पनि धेरै टिमका खेलाडीलाई निशाना बनाइसकेको छ । सन् २०२० को युरो कपमा स्विट्जरल्याण्डसँग पराजित भएपछि फ्रान्सका खेलाडी केलियन एमबाप्पे निशाना बनेका थिए । कतार विश्वकपमा एमबाप्पेले गोल्ड बुट जितेका छन् । उनले सर्वाधिक ८ गोल गरेका छन् । विश्वकपको फाइनलमा उनले अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरेका थिए ।
युरो २०२० को फाइनलमा इंग्ल्याण्डले हार बेहोरेको थियो । त्यसपछि इंग्लिस खेलाडी जाडोन सान्चो, बुकायो साका र मार्कस रासफोर्डले पनि जातीय अपमानको सामना गर्नु परेको थियो ।
युरो २०२० को फाइनल पछि, इङ्ल्यान्डले सन् १९६६ को विश्वकपपछि पहिलो पटक ट्रफी जित्ने क्रममा पेनाल्टीमा गोल गर्न नसकेपछि यी खेलाडी जेडोन सान्चो, बुकायो साका र मार्कस रासफोर्डले दुर्व्यवहारको सामना गरे। त्यसपछि बेलायती प्रहरीले धेरै गिरफ्तार गरे र एक जनालाई १० हप्ताको लागि जेलमा राखियो।